२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

पाँचखाल महोतसवको लागि झकिझकाऊ


९१०६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन २७, सोमबार मा प्रकाशित ५ साल अघि
  • आइ.आर.के.मैनाली

    काभ्रेपलाञ्चोक– पाँचखाल युनाइटेड फुटबल एशोसिएसन (पुफा), पाँचखालको आयोजनामा हुन लागेको दोस्रो पाँचखाल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । असोज २९ गतेदेखि कार्तिक ७ गतेसम्म चल्ने महोत्सवको उद्घाटन समारोह २९ गते बुधबार नेपाल सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यमा हुने आयोजकले जनाएको छ ।

    पाँचखाल क्षेत्रको विविध पक्षको प्रचार प्रसार गर्ने उद्देश्यका साथ आयोजना भएको महोत्सवमा करिब ८५ वटा स्टलहरू रहने छन् । पाँचखाल क्षेत्रको विविध साँस्कृतिक मौलिकतालाई जगेर्ना गर्न, पाँचखालका कृषि, स्थानीय उत्पादन तथा पर्यटकीय प्रवद्र्धन, यस क्षेत्रका प्रतिभाहरुलाई प्रवद्र्धन तथा प्रचार प्रसार गर्ने उद्देश्यले आयोजना गर्न लागिएको पाँचखाल क्षेत्रको कृषि उपज उत्पादन, साँस्कृतिक सम्पदा तथा चाडवाड लक्षित व्यापारिक स्टलहरु रहने पुफाका अध्यक्ष मिलन श्रेष्ठले जानकारी दिनुभयो ।

    चर्चित राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुती समेत रहने महोत्सव नेपालले पाँचखाल नगरपालिकाको संयोजन, पाँचखाल उद्योग वाणिज्य संघ, नगरमा सक्रिय विभिन्न सामाजिक संघ संस्था तथा क्लवहरुसँगको समन्वय र सहकार्यमा समग्र पाँचखालको उत्थान तथा प्रचार प्रसारका लागि आयोजना गर्न लागेको आयोजक संस्थाका सचिव तथा कार्यक्रम संयोजक जीवन नेपालले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार