२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मन्त्री गोकुलले पाँचखालमा विकास निर्माणमा गरेको योगदान


५०११ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन २८, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काभ्रेपलाञ्चोक जिल्लाको कृषि नगरीको रुपमा चिनिएको पाँचखाल नगर क्षेत्रको मुहार फेर्न सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा लागिपर्नु भएको छ ।काभ्रेपलाञ्चोक जिल्लाले चौतर्फिरूमा विकासका योजना पाइरहेका बेला भौगोलिक रुपमा देशको राजधानीबाट नजिक रहेर पनि काभ्रे जिल्लाले अवसरहरुमा त्यो अनुभुती गर्न सकेको थिएनन। तर आज काभ्रेलि जनतालाई आशा लाग्दोगरि काम अगाडि बढेका छन् ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष के पी ओली नेतृत्वको सरकारमा यस क्षेत्रबाट निर्वाचित सांसद बाँस्कोटाको उपस्थिति पछि केन्द्र र प्रदेश सरकारको तर्फबाट पाँचखाल नगर क्षेत्रभित्र पर्ने आयोजनाहरु यसप्रकार छन् ।

    १. चर्चामा मात्र रहने तर काम हुन नसकिरहेको पाँचखालको विशेष आर्थिक क्षेत्र अहिले बल्ल निर्माण कार्य अगाडि बडेको छ, यसको करिब १६ करोड लगानिको भबन निर्माण हुँदै छ।
    २. दुई अर्ब २१ करोडको लगानीमा पाँचखाल उपत्यका बृहत खानेपानी आयोजना सुरु भएको छ ।
    ३. पाँचखाल नगरपालिका वडा नं. ७ मा महिला हरित केन्द्र निर्माण गर्ने सरकारको तयारी, जसका लागि ३ करोड बिनियोजन भएको छ ।
    ४. पाँचखाल नगरपालिका वडा नं. ७ मा युबा सिर्जनात्मक केन्द्र खोल्ले युबा परिषद्को तयारी छ । जसका लागि जग्गा प्राप्ती प्रक्रियामा रहेको छ ।
    ५. पाँचखाल उपत्यकाको सिचाइको निर्माण कार्य अगाडि बढाउन प्रदेश सरकारद्वारा १० करोड बिनियोजन गरिएको छ
    ६. पाँचखाल उपत्यकाका बनेपा–रबिवोपी–पाँचखाल सडकको लागि ५ करोड बिनियोजन गरि निर्माण कार्य सुरु भएको छ ।
    ७. बनेपा–रबि–मानेगाउद्दजैसिथोक सडक निर्माणका लागि १ करोड विनियोजन भएको छ ।
    ८ पाँचखाल–पलान्चोक–कोसिदेखा–तिमाल बेसि सडकको लागि ६ करोड बिनियोजन विनियोजन भएको छ ।
    ९. पाँचखाल–बोहारेदोभान सडक निर्माणकालागि करिब ४ करोड बिनियोजन भएको छ ।
    १०. तिनपिप्ले–बालुवा–बोहरेदोभान सडकको लागि ६ करोड बिनियोजन भएको छ ।
    ११. पाँचखाल चक्रपथ निर्माणको सुरुवात भएको छ ।
    १२. अरनिको र बि पि लोकमार्ग जोडन को लागि बेला बालुवा सडक योजनाले निरन्तरता पाएको छ ।
    १३. जिल्लाका बिधालय निर्माणका लागि करिब १ अर्ब ८ करोडको परियोजना, त्यसमध्य पाँचखाल नगरका बिधालयमा करिब २२ करोडको परियोजना ।
    क. ज्ञानेश्वोरी माबि,पाँचखाल ५ करोड
    ख. सर्बमङगला माबि, पाँचखाल ८ करोड
    ग. आजाद माबि, पाँचखाल १ करोड ९३ लाख
    घ. भगवती माबि,खरेलथोक ३ करोड ४२ लाख
    ङ. दुग्धेश्वोर माबि, पाँचखाल ३ करोड ४४ लाख
    १४. सुचना प्रबिधी प्रयोगशालाको लागि पाँचखालका ज्ञानेस्वरी माबि, भक्रमादेबी,गणेश मा बि, सर्बमंगला माबि, जनता माबि, पलान्चोक भवती मा बि, भगवती मा बि, श्रीराम मा बि, माँहाकाल मा बि, आजाद मा बि, लगायत
    १५. पाँचखाल–५ भमरकोट, पाँचखाल–१२ बालुवा, पाँचखाल– ७ होक्से, पाँचखाल ७, लगाएत खानेपानी आयोजना
    १६. पाँचखाल २ सिचाइ कुलोका लागि सरकारद्वारा ३ करोड विनियोजन
    १७. दुग्धेस्वर मन्दिर गुरुयोजना निर्माण हुँदै
    १८. पलान्चोक मन्दिर पुनर्निर्माण र गुरुयोजना निर्माण कार्य
    नेकपा नेता कञ्चन अधिकारीको फेसबुकबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार