२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेकपा काभ्रेको शपथ ग्रहण सम्पन्न, काभे्रको विकासको जिम्मा कम्युनिष्टको काँधमाः बाँस्कोटा


४५८४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २, शनिबार मा प्रकाशित ४ साल अघि
  • बनेपा-संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले मुलुकमा अधिकार प्रातिको लागि आन्दोलन गर्नुपर्ने समय सकिएको बताउनु भयो ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभे्र जिल्ला कमिटिको सपथ ग्रहण तथा प्रथम बैठकलाई सम्बोधन गर्ने क्रममा मन्त्री बाँस्कोटाले उक्त धारणा राख्नुभएको थियो । उहाँले थप्नुभयो कम्युनिष्ट पार्टीले आफ्नो सिद्धान्त र अधिकारलाई नभुलिकन नेपाली जनताको हितको खातिर कार्य गर्नु पर्ने बताउनु भयो ।

    कार्यक्रममा मन्त्रि बाँस्कोटाले हामी काभे्रले कम्युनिष्ट पार्टीको काँधमा काभे्र जिल्लालाई हराचरा बनाउने जिम्मेवारी थपिएको छ, सोही अनुसार अगाडी बढ्नु पर्ने बताउनु भयो । जनताको मन जितेर अगाडी बड्नु पर्ने बताउनु भयो । प्रतिपक्षहरु कम्युनिष्ट पार्टीको त्रुटि खोज्दै छ, तर कमजोरी नगरेको भएकोले कुनै त्रुटि नभेटाउने बताउनु भयो । नेकपाले प्रतिशोधको राजनीति नगर्ने ठोकुवा गर्दै राजनीतिमा प्रतिशोधको भावना कहील्यै नहुने बताउनु भयो ।

    जिल्ला पार्टी निर्माण गर्ने क्रममा सवैलाई समेट्न नसकिएको बताउंदै धैर्य गर्दै न्यायको झण्डा नहल्लिने गरी समाउन सुझाव दिनु भयो । पार्टी एकताको प्रक्रियामा केहि त्रुटि भएको बताउंदै त्यस्ता त्रुटिहरुलाई सच्याउने ठोकुवा गर्नु भयो । पाटीको आन्दोलन भित्र सवै समेटिएका छौं, पार्टी निर्माणको लागि मन भावना नमिलेपनि पार्टी निर्माणको लागि एकै ठाउमा रहेको बताउंदै पार्टीमा गुट बनाएको नभई पार्टी बनाएको बताउनु भयो ।

    त्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता भएको लामो समय पछि नेकपा काभ्रेको सपथ ग्रहण सम्पन्न भएको छ । दुवै पार्टीको एकताबाट बनेको नेकपा काभ्रेको जिल्ला कमिटीको शनिबार सपथ ग्रहण भएसँगै कमिटीले औपचारिकता पाए पनि पूर्णता पाउन भने बाँकी छ । १ सय ४५ जनाको जिल्ला पार्टी कमिटिको लागि सपथ ग्रहणको क्रममा १ सय २६ जनाको कमिटि गठन भएको छ । बाँकी १९ जना सदस्यहरु मनोनित गरी जिल्ला पार्टी कमीटि पुर्ण गरिने भएको छ । सपथको क्रममा सहभागि १ सय २६ मध्य पुर्व एमालेबाट ६३ र पुर्व माओवादी केन्द्र बाट ६३ रहेका छन् ।

    नेकपा प्रदेश ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्याले सपथ ग्रणह गराउनु भएको थियो । अध्यक्ष सहित ६७ सदस्यीय पूर्व माओवादी केन्द्रले पाएकोमा ४ जना पछि थप्ने र सचिवसहित पूर्वएमालेबाट ७८ जना पाएकोमा १५ जना पछि थप्ने गरि सम्झौता भएको थियो । कमिटीको अध्यक्षमा पूर्वमाओवादी केन्द्रका रुकु चौंलागाई र सचिव पूर्वएमालेका टोकबहादुर वाईबा छन् । जिल्ला कमिटीले औपचारिक रूपमा सपथ ग्रहण गरेसँगै ६ नगरपालिका र ७ गाउँपालिकाको पनि पार्टी एकता टुंगो लगाउने बाटो खुलेको छ ।

    सपथ ग्रहण कार्यक्रममा प्रदेश ३ का सह–इञ्चार्ज हितबहादुर तामाङ, हितमान शाक्य, प्रदेश कमिटि अध्यक्ष नारायण दाहाल लगायतले आ—आफ्नो धारणा राख्नु भएको थियो । जिल्ला पार्टी कमिटि अध्यक्ष रुकु चौलागाईको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला कमिटि सचिव टोक वहादुर वाईवाले कार्यक्रम संञ्चालन गर्नु भएको थियो ।

     पनौती नगरमा माओवादी केन्द्रबाट खाली

    नेकपाको जिल्ला पार्टी कमिटि गठन गर्ने क्रममा भएको सहमति अनुसार पुर्व माओवादी केन्द्रको तर्फबाट ६३ जनाले सपथ लिए पनि साविक पनौती नगरबाट एक जनापनि समभागी हुने अवसर पाएका छैनन् । प्रदेस कमिटिबाट सिफारिस भएको साविक पनौति नगरबाट जमुना सापकोटाको नाम सिफारीस भएपनि अन्तिम अवस्थामा आएर उहाँको नाम काटिएको छ ।

    अन्तिम अवस्थामा आएर आफ्नोे नाम हटाएको बिषयमा सापकोटाले भन्नु भयो “पार्टीको लागि बिगत लामो समयदेखी योगदान दिदै आए, अन्तिम अवस्थामा आएर आफ्नो नाम हटाउदा मन त दुखेको छ तर पार्टी निर्माणको लागि भएको सहमतिको लागि आफुले सहज ढंगबाट लिएको छु”। मैले जिम्मेवारी नपाउंदा मन त दुख्यो तर साथीहरुले जिम्मेवारी पाएर पार्टी निर्माणको लागि लामबद्ध भएर अगाडी बढ्दा आफुलाई खुसि लागेको बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार