२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्राथमिक स्वास्थ्य केन्द्रले गर्दा बसाई जानुपर्ने अवस्था, व्यवस्थापन समितिले नगर समक्ष राजिनामा दिने तयारी


३२३४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक ५, मंगलबार मा प्रकाशित ४ साल अघि
  • आई.आर.के मैनाली
    पाँचखालमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको पर्खाल जिर्ण भई भत्कन लाग्दा समेत मर्मत संभार नगर्दा सो पर्खालले नजिकै रहेका स्थानियको घर गोठ नै पुर्ने अवस्थामा पुगेको छ । विगत लामो समयदेखि जिर्ण भएको उक्त पर्खाल मर्मत गरी आफुहरुको सुरक्षा गर्नको लागि सम्बन्धित निकायमा पटक पटक मौखिक तथा लिखित रुपले निवेदन गर्दा समेत सुनुवाई नभएपछि वसाई जानुपर्ने अवस्था निम्तिएको छ ।

    विकास निर्माणले समाजमा सकारात्मक शंदेस दिन्छ, जसको लागि सहयोग गर्नु पर्छ भन्दै आफ्नो व्यक्तिगत फाईदा घाटालाई वास्तै नगरी निरन्तर रुपमा सहयोग गर्दै आउने स्थानियहरुलाई प्राथमिक स्वस्थ्य केन्द्रको कारण वसाई जानु पर्ने अवस्था निम्तिएको छ । स्वस्थ्य केन्द्रको पर्खाल (कम्पाउण्ड वाल) जिर्ण भई नजिकै रहेको घरलाई पुर्ने अवस्था हुंदा समेत मर्मत कार्यको लागि सम्बन्धित निकायले चासो नदिदा बसाई हिड्नु पर्ने अवस्था आएको हो ।

    पाँचखाल नगरपालिका वडा नं ६ को दुलालथोकमा रहेको प्राथमिक स्वस्थ्य केन्द्रको जिर्ण पर्खाल भक्तिएर घर गोठनै पुर्न लागेपछि घरधनि भूमिरत्न दुलालले ५ महिना अगाडी पाँचखाल नगरपालिकामा निवेदन दिएका थिए । निवेदन दिएपछि नगरका ईञ्जिनियर कपिलदेभ भट्टको नेतृत्वमा आएको प्राविधिक टोलिले अनुसन्धान गरी घर गोठलाई जोगाउनको लागि जिर्ण पर्खाललाई मर्मत गर्न ८ लाख ८७ हजार लाग्ने इष्टमेण्ट गरेका थिए । नगरको टोली आएर हेरेपछि बन्ने आशामा रहेका निवेदक दुलाल ४ महिना सम्म पर्खेदा समेत समस्या समाधान नभएपछि चकित पर्दै घरमै बसौं भने पर्खालले पुरेर मरिएला भन्ने डर नवसौभने अन्यत्र जाने ठाउं छैन भन्दै चिन्तामा डुवेका छन् ।

    घरमा पुरिएर मर्ने डरले चिन्तामा पिल्सि रहेका दुलालले सम्बन्धित वडा का वडा अध्यक्ष एवं प्राथमिक स्वस्थ्य केन्द्रका व्यवस्थापन समितिका अध्यक्ष रामशरण दुलाललाई आफ्नो समस्या हल गर्ने बिषयमा गुनासो गरेका थिए । प्राथमिक स्वस्थ्य केन्द्रको पर्खालको दयनिय अवस्था र नजिकै रहेको भुमिरत्नको घरगोठ जोखिममा परेको बिषयमा नगरमा समय समयमा बजेटको लागि पहल गर्दा समेत सुनुवाई नभएको भन्दै व्यवस्थापन समितिका सिंङ्गै टिमले राजिनामा तयार गरी नगरका मेयर समक्ष बुझाउन गएका थिए ।

    व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष रामशरण दुलालको नेतृत्वमा गएको प्राथमिक स्वस्थ्य केन्द्र व्यवस्थापन समितिका टोलीले नगरका मेयर महेश खरेललाई राजिनामा दिदा समस्या समाधान गर्ने आश्वासन दिई राजिनामा गर्न गएका टोलिलाई फिर्ता गरीएको थियो । राजिनामा पत्रमा प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिले गरेको कुनै पनि निर्णयलाई पाँचखाल नगरले वास्ता नगरी आफ्नै तौर तरिकाबाट अगाडी बडी जनमुखि ढंगको कार्य र सेवा नगरेकोले संयुक्त राजिनामा दिएका छौं उल्लेख भएको थियो ।

    यसै बिषयमा रामशरण दुलालसंग सम्पर्क गर्दा प्राथमिक स्वास्थ्यले दिनुपर्ने सेवा प्रदान नगरेको साथै सस्थ्य केन्द्रबाट अन्यत्र सरुवा भई सकेका कर्मचारीलाई आवास निरन्तर रुपमा प्रयोग गर्न दिने जस्ता कार्य गर्दै नगरले व्यवस्थापन समितिलाई कुनै जानकारी नदिई हस्तक्षप गरी कार्य अगाडी बढाएकोले बाध्य भएर संयुक्त राजिनामा दिने तयारी गरेको वताउनु भयो । नगरका मेयर समक्ष राजिनानमा बुझाउन जाँदा मेयर महेस खरेलले समस्याको समाधान गर्ने बताउंदै राजिनामा नबुझेकोले केही दिन पर्खने तयारी गरेको दुलालले वताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार