२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

धनी बन्न मन छ भने अपनाउनोस यि ७ बिधि


२४३३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक ८, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • कुनै पनि घर परिवारले सुख, शान्तिको मनोकांक्षा राखेका हुन्छन् । तर सबैको घरमा त्यस किसिमको वातावरण सिर्जना भएको हुँदैन । यसो हुनुमा त्यस्तो घरमा नकारात्मक उर्जाको प्रभाव रहेको शास्त्रिय मान्यता छ । सकारात्मक उर्जा ल्याउन निकै कष्ट गर्नु पर्ने र थुप्रै उपाय गर्नु पर्ने हुन्छ ।

    नकारात्मक उर्जाले घरमा कयौँ किसिमका समस्याहरुको जन्म हुन्छ । जसका कारण आपसमा झगडा हुने, सम्पत्तिको क्षति अर्थात कमी हुने आदि हुन्छन् । तर यसो भयो भन्दैमा चिन्ता लिनु भने पर्दैन ।तपाईंको घरमा भएको नकारात्मक उर्जालाई भगाएर सकारात्मक उर्जा ल्याउन सकिने केही सहज उपाय यहाँ प्रस्तुत गर्दछौँ ।

    १. रोगबाट मुक्ति मिल्ने

    वास्तु शास्त्रका अनुसार हरेक दिन तावामा रोटी पकाउनु वा सेक्नु अगाडि दूधको छिटा पार्नुहोस् । यसो गरे घरमा बिरामीको प्रकोप कम हुनेछ । आरोग्य सुख प्राप्त हुनेछ ।

    २. घरमा हुनेछ आर्थिक वृद्धि

    हरेक बिहीबार तुलसीको बोटमा थोरै दूध चढाउनाले घरमा लक्ष्मीको स्थायी बास हुनेछ । बेरोजगार व्यक्तिका लागि रोजगारको अवसर खुल्ने छ । यस्तै घरमा आर्थिक सम्पन्ताको वृद्धि हुनेछ ।

    ३. घरमा परिवारका सदस्यबीच बढ्ने छ प्रेम

    घर परिवारका सदस्यबीच कलह तथा झगडा हुँदै आएको छ ? साथै घरको सबै तिर नकारात्मकता देखिन्छ भने नुन पानीले पूरै घरमा पोछा लगाउनु पर्दछ । वास्तुशास्त्रका अनुसार यो उपाय गर्नाले घरमा सकारात्मक उर्जाको सञ्चार हुनेछ । साथै घरका सदस्यहरुबीच प्रेम तथा आपसी सौहार्द पनि बढ्ने सम्भावना रहन्छ ।

    ४. सुख–शान्तिको हुनेछ बास

    हरेक दिन शिव लिंगमा जलमा थोरै दूध मिलाएर अभिषेक गर्नुहोस् र थोरै पानी उभार्नुहोस् । त्यसपछि मुख्य द्वार अर्थात ढोकाको दुवैतर्फ उक्त दूध चढाउनुहोस् । ज्योतिषका अनुसार यसो गरेमा घरमा सुख–शान्तिको बास हुनेछ । साथै सकारात्मक उर्जा आउने छ ।

    ५. मनोकामना पूरा हुनेछ

    हरेक दिन साँझको समयमा पिपलको बोटमा पानी चढाउनुहोस् । यसो गर्दा पानीमा थोरै दूध पनि मिसाउन नर्बिसनु होला । यसपछि दीपक जलाउनु होस् र आफ्नो मनोकामना सम्झदैँ पाँच पटक परिक्रममा गर्नुहोस् । यसो गरेमा आफ्नो मनोकामना चाँडै पूरा हुनेछ ।

    ६. पितृदोषबाट मिल्ने छ मुक्ति

    हरेक दिन बिहान सबैभन्दा पहिलो खाना गाई माताका लागि तयार गरेर खान दिनुहोस् । त्यसपछि कुकुर र तेस्रोमा छतमा पंक्षीका लागि खाना राखिदिनुहोस् । यसो गरेमा पितृदोषबाट मुक्ति मिल्ने छ । साथै पितृदोषको कारण प्राप्त कष्ट समाप्त हुनेछ । घरमा सुख, शान्ति पनि फिर्ता आउने छ ।

    ७. नकारात्मक प्रभावको हुने छ कमी

    कुनै पनि दिन चार घडीमा पाँच किलो शुद्ध नुन एक थैलीमा राखेर घरको यस्तो स्थानमा राख्नुहोस्, जहाँ पानीले नभेट्टाओस् । यदि आफै थैलीमा पानीले भेट्टायो र भिज्यो भने पनि उक्त नुन प्रयोग नगर्नुहोस् । त्यसलाई फालिदिनुहोस् । यसपछि फेरि त्यसै गरी नयाँ नुन ल्याएर राख्नुहोस् । यसले घरको सबै नकारात्मक प्रभावलाई कम गर्ने छ । र, सकारात्मक प्रभावलाई बढाउने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार