२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

काँगे्रसले विगारेको मुलुक निर्माणको लागि कम्युनिष्ट एक हुनु पर्छ- नेपाल, काभे्रमा विमानन्सल बन्छ -मन्त्री बाँस्कोटा


२१९० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक ८, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • नेकपाका बरिष्ट नेता एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले बिदेशी सामु लम्पसार पर्नु देश भक्ती होईन भन्नुभयो । उहाँले थप्नुभयो पार्टीको बिधानको आधारमा कार्यकर्ता परिचालन गर्ने हो भने मुलुकको बिकासको लागि धेरै समय नलाग्ने बताउनु भयो ।

    आज (शुक्रबार) काभे्रको बनेपामा नेकपा काभे्र जिल्ला कमीटीले आयोजना गरेको शुभ दिपावलि,नेपाल सम्बत, तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा नेपालले बताउनु भएको होे ।

    कार्यक्रमका प्रमुख अतिथि नेपालले नेकपाले जुनजुन ठाउंमा जितेको छ सो स्थानहरुमा राम्रो काम गर्नु आफ्नो नेकपाको दायित्व रहेको बताउनु भयो । जुन मुलुकमा जनताहरु एक हुन्छन् सो मुलुकको तागत हुने बताउंदै राम्रा कार्यको लागि सवै एक हुनुपर्ने बताउनु भयो । नेता नेपालले भन्नुभयो “पछिल्लो समयमा आएर नेताहरुमा धैर्यता छैन, अनावश्यक धेरै बोल्ने बानिको बिकास भएको छ, त्यस्ता बिषयलाई घटाउंदै सुन्ने शक्तिको बानि बसाल्नु पर्छ ”।

    कार्यक्रममा नेता नेपालले भन्नुभयो बिगतमा नेपाली काँगे्रसले मुलुक विगारेको छ, त्यो बिग्रिएको मुलुक निर्माणको लागि सम्पुर्ण कम्युनिष्टहरु एक हुनु पर्ने बताउनु भयो । नेकपाको सरकारले मुलुकमा धेरै कामहरु गरिसकेको बताउंदै नेपालको सुरक्षा व्यवस्था देखेर चिनका राष्ट्रपति समेत खुसि भएको बताउनु भयो । धेरै विकास निर्माणले फड्को मारीसकेको बताउंदै छिट्टै ११ सुरुङ्ग मार्ग निर्माण गरीदिने बिषयमा चिन सकारात्मक भएको बताउनु भयो ।

    कार्यक्रमका विशेष अतिथि नेपाल सरकारका प्रबक्ता एवं सुचना संञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेकपा काभे्रले काभे्र जिल्ला बनाउने बिषयमा एक जुटभएर अगाडी बढ्नुपर्ने बताउनु भयो । स्थानिय निर्वाचनमा १३ मध्य ४ स्थान गुमेको बताउंदै अवको निर्वाचनमा नेकपा काभे्रको शक्तिले पुरै स्थान जित्ने बताउनु भयो । उहाँले भन्नुभयो जित्नको लागि मात्रै जित होईन काभे्रको विकासको लागि जित्नुपर्ने बताउनु भयो ।

    कार्यक्रममा मन्त्री बाँस्कोटाले अरुले चुनावी नारा मात्र दिएको हो तर नेकपाले बिकास निर्माणको खाका कोरेर अगाडी बडेको बताउनु भयो । धुलिखेल देखि मितेरी पुल सम्म आगामी तीन बर्ष भित्र ४ लाईनको सडक निर्माण हुने बताउनु भयो । शुर्य विनाएक देखि धुलिखेल सम्म ६ लाईनको सडक बन्ने र पनौतीको लाकुरी भञ्ज्याङ्गबाट सुरुङ्ग मार्ग निर्माण हुने बताउनु भयो । काठमाडौमा भएको विमानस्थलमा एएर ट्राफिक जामले गर्दा समस्या भएकोले काभे्रको नाँगिमा विमानस्थल बन्ने बताउनु भयो ।

    नेकपा काभे्र जिल्ला कमिटि अध्यक्ष रुकु चौलागाईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संञ्चालन जिल्ला कमिटि सचिव एवं मंडन देउपुर नगरपालिकाका प्रमुख टोकवहादुर वाईवाले संञ्चालन गनुभएको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपा प्रवेश समेत भएको थियो जसमा क्रान्तिकारी माओवादी काभे्र जिल्ला कमिटि सदस्य कान्छा राम थिङ्ग, देशभक्त जनतान्त्रिक मोर्चा महांभारत गाँउ पालिका अध्यक्ष प्रविण थिङ, नेपाल कम्युनिष्ट पार्टी (विप्लव) काभे्र जिल्लाकमिटि सदस्य रमेश प्रसाद बोलखे लगायतका नेता तथा कार्यकर्ता प्रवेश गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार