२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा चक्रपथ निर्माणको लागि अगाडी बढेको छु- लम्साल, प्रतिष्ठाको जिम्मेवारी थापालाई


३९४३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक ९, शनिबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल/प्रदेशसभा सांसद लक्ष्मण लम्सालले कृषि नगरीको रुपमा अगाडी बढेको काभे्रको पाँचखाल नगरमा कृषकको हितको लागि कार्य गर्ने बताउनु भयो । उहाँले थप्नुभयो पाँचखालमा चक्रपथ निर्माण, सिंचाई, खेलकुद, स्वास्थ्य लगायतको विकास निर्माणको लागि आफु निरन्तर रुपमा अगाडी बढेको बताउनु भयो ।

    प्रतिष्ठा कृषि सहकारी संस्थाको आठौं वार्षिक साधारण सभाको उद्घाटन गर्दै सांसद लम्सालले थप्नुभयो कृषि नगरीमा संञ्चालनमा आएको कृषि सहकारीले कृषकको हितको लागि कार्य गर्ने बिषयमा ठुलो दायित्व हुने बताउनु भयो । कृषकहरुको हितको लागि सहकारी संस्थाले गरेको लगानीमा राज्यको तर्फबाट साथ र सहयोग गर्ने वातावरण तयार गर्ने बताउनु भयो । जब सम्म कृषकहरुलाई सम्मान गर्न सकिन्न तव सम्म मुलुकलाई अगाडी बढाउन नसकिने बताउनु भयो ।
    निर्वाचनको समयमा आफुले विकास निर्माणको कार्यको लागि कुन कुन ठाउमा के के गर्ने वचन दिएको थिए सो सवै (अक्षरस) पुरा गर्दै जाने बताउनु भयो । सभ्य समाज निर्माणको लागि वैदेशिक रोजगारीको लागि विदेशमा गएका युवाहरुलाई स्वदेशमै रोजगारी दिने वातावरण तैयार गर्ने बिषयमा आफुले पहल गर्ने बताउनु भयो । राज्यलाई रुपान्तरनको लागि नेपाली युवाहरुलाई नेपालमै रहने वातावरण तयार गर्नुपर्ने बताउनु भयो ।

    प्रतिष्ठा कृषि सहकारी संस्थाका व्यवस्थापक सुमन बानियाँ द्वारा संञ्चालित उक्त कार्यक्रममा उपाध्यक्ष ज्ञानबहादुर थापाले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा समाजसेवि कंञ्चन अधिकारी, पाँचखाल सहकारी संञ्जालका संयोजक विद्यालक्ष्मी देउजा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । सहकारी संस्थाका अध्यक्ष पुर्ण प्रसाद दुलालले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै कृषकको हितको लागि कार्य गर्दै आएको बताउनु भएको थियो । कार्यक्रममा संस्थाका सचिव श्याम वहादुर दुलालले प्रगति प्रतिवेदन, कोषध्यक्ष गोविन्द प्रसाद काफ्लेले आर्थिक प्रतिवेदन, लेखा संयोजक सीताराम अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

    कार्यक्रममा उत्कृष्ट बचत कर्ता सरोज सापकोटा लाई सम्मान गरेको थियो । त्यसैगरी उत्कृष्ट बाल बचत कर्तामा कस्तुप फुयाल, उत्कृष्ट दुग्ध उत्पादक कृष्ण प्रसाद दुलाल, भिम प्रसाद काफ्ले रहनु भएको थियो । एस.इइ उतिर्ण सम्मान तर्फ निजि विद्यालयबाट सुनिम बानियाँ, सामुदायिक विद्यालयबाट सुनिता बानियाँ, नम्रता दनुवार, निता दुलाल, सुमित्रा भण्डारी, प्रथम दुलाल, एलिना जिसी, प्रजिता सापकोटा, मन्जिता थापा, रामकला शिवभक्ति, रजनि दुलाल, वविन दुलाल, सविन दनुवार, रोनिश भुजेल, रोहन सापकोटा र सदिक्षा सापकोटालाई सम्मान गरीएको थियो ।

    संस्थाको नेतृत्वमा थापा निर्वाचित

    आठौ साधारण सभाबाट आगामि कार्यकालको लागि कार्य समितिको चयन गरेको छ । अध्यक्ष पदको लागि ज्ञान वहादुर थापा र गोविन्द प्रसाद काफ्ले चुनावि मैदानमा उत्रिएकोमा ज्ञानवहादुर थापाले २९७ मत हासिल गरी अध्यक्ष बन्न सफल हुनु भएको छ भने गोविन्द प्रसाद काफ्लेले २३३ मत हासिल गर्नु भएको थियो । अन्य कार्यसमिति र लेखा समिति आपसि समझदारिमा चयन भएको थियो । जसको उपाध्यक्षमा श्याम वहादुर दुलाल, सचिव लक्ष्मण सापकोटा, कोषाध्यक्ष शिताराम अधिकारी रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा तारा प्रसाद दुलाल, जयराम दनुवार, सुदर्शन अधिकारी, सरस्वति दाहाल अधिकारी, शिता बानियाँ, प्रदिप पौडेल, शुक्रमायाँ दनुवार चयन भएको छ । सुदर्शन अधिकारीको संयोजकत्वमा गठित लेखा उपसमिति सदस्यहरुमा अर्जुन बानिया र सानुमैया नेपाल रहनु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार