सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ। १२ जना घटनास्थलमा भेटिएका थिए भने २ जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घाइते भएका धुलिखेल अस्पतालमा उपचार भइरहेको घाइतेहरुको परिचय खुलेको छ।

यस्तै ५२ वर्षीय चेतकुमारी बस्नेतको भने उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।उनको एकिन ठेगाना भने खुल्न नसकेको अस्पतालले जनाएको छ। यसैगरी दुई जनालाई बनेपास्थित शिर मेमोरियल अस्पतालमा रिफर गरिएको छ।

आइतबार दिउँसो भएको सो बस दुर्घटनामा अरु १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो। मृतकको सनाखत भइसकेको छैन।

दोलखाको मागा देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको थियो। बसमा ६० बढी यात्रु सवार रहेको अनुमान गरिएको छ। बस सडकबाट १०० मिटर तल सुनकोसी नदीमा खसेर दुर्घटना भएको हो।

घाइतेहरूको नामावली

१)  निशा तमाङ्ग
२)  एकरानी कार्की
३) छत्रकुमारी थापा
४) अज्ञात ३५ वर्षिय महिला
६) सुनिल थापा
७) जिवन खड्का
८। समिर श्रेष्ठ
९) मिन कुमार श्रेष्ठ
१०) संगिता श्रेष्ठ
११) जेनिशा श्रेष्ठ
१२) सदिक्षा कार्की
१३) सुरेश तमाङ
१४) सहनशीला घिसिङ
१५) कौशिला कार्की
१६) प्रविन आलेमगर
१७) बबिता श्रेष्ठ
१८) कोपिला कार्की
१९) हरिमाया थापा
२०) सिमा कार्की
२१) युनिसा खड्का
२२) मनिका खड्का
२३) कमला मोक्तान
२४) डोल्मा तमाङ
२५) श्रीकृष्ण कार्की
२६) शिशिर तमाङ
२७) सुनिता तमाङ
२८) शसिता तमाङ
२९) युनिसा तमाङ
३०) रश्मी बस्नेत
३१) सविता थापा
३२) निरक श्रेष्ठ
३३) रविन मोक्तान
३४) निकेश श्रेष्ठ
३५) रञ्जना केसी
३६) सरिता तमाङ
३७) जितबहादुर खड्का
३८) नम नखुलेको रातो पहिरनकी महिला
३९)  लोकबहादुर थापा
४०) रोमन तिमल्सिना
४१) विमला तमाङ
४२) दिपा घिसिङ
४३) रोमा घिसिङ
४४) सुजन तमाङ
४५) गोमा श्रेष्ठ
४६) परिचय नखुलेको
४७) सुकमान विक