२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

अरनिको राजमार्ग दुर्घटना अपडेट मृत्यु हुनेको संख्या १७ पुग्यो (घाईतेको नामावली सहित)


२०९३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक १७, आईतबार मा प्रकाशित ४ साल अघि
  •   सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।सिन्धुपाल्चोककी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार १५ जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

    मृत्यु हुने मध्ये ७ जनाको सनाखत भएको उनले बताइन् ।उनका अनुसार मृत्यु हुनेमा दोलखाकी २४ वर्षीया रञ्जिता केसी, सिन्धुपाल्चोककी अन्दाजी २७ वर्षीया चमेली श्रेष्ठ, उनकी छोरी ६ वर्षीया शाहीरामी श्रेष्ठ, ३ महिनाको शिशु सिसन तामाङ, दोलखाकी ५०/५१ वर्षीया रक्तकुमारी रावत छन् ।

    त्यस्तै, धुलिखेल अस्पताल र श्रीमेमोरियल अस्पताल बनेपामा तेजकुमारी बस्नेत र सुनिला तामाङ छन् । दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सुनकोशी नदीमा खसेको थियो ।

    हेर्नुस् घाइते हुनेको सूची 

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार