२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सरकारले सातै प्रदेश प्रमुखको नाम सिफारीस, प्रदेश प्रमुखहरु विगतमा कुनकुन तहमा कुन अवस्थामा थिय ?


२७०० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक १८, सोमबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली

    काठमाडौं । सरकारले एकै पटक ७ वटै प्रदेशका प्रमुखहरु हटाएको भन्दै नेपाली कांगे्रसले विरोध गर्दै गर्दाको अववस्थामा सरकारले आज सोमबार बसेको मन्त्री परिषदको निर्णयले सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष नाम सिफारिस गरेको छ ।

    बैठकले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १ को प्रमुखमा सिफारिस गरेको छ । त्यस्तै प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई, प्रदेश गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीको नाम सिफारिस भएको छ ।
    मन्त्रि परिषदको वैठक अगि बसेको नेकपा सचिवालय बैठकले सात जनाको नाम सिफारीस गरेपनि प्रदेश तोकेको थिएन । नेकपा सचिबालयको सिफारीसमा आएको नामलाई मन्त्रि परिषद बैठकले प्रदेस तोकेर राष्ट्रपति समक्ष सिफारीस गरेको जानकारी प्राप्त भएको छ ।

    प्रदेश १ को जिम्मेवारी पाउने सोमनाथ अधिकारी प्यासी पूर्वसभासद हुन् । उनी प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा हुने उपचुनावका लागि उम्मेदवारको दाबेदार थिए । प्रदेश २ को जिम्मेवारी पाउने तिलक परियार पूर्वसभासद हुन् । प्रदेश ३ मा बिष्णु प्रसाई मेचीनगर नगरपालिकाको मेयरको उम्मेदवार थिए । जसमा गण्डकी प्रदेशको लागि सिफारीस भएका अमिक शेरचन पूर्व उपप्रधानमन्त्री हुन् । कुनै समय जनमोर्चा नेपालका अध्यक्षसमेत रहेका शेरचन माओवादी हुँदै अहिले नेकपामा सक्रिय छन् । प्रदेश ५ को जिम्मेवारी पाउने धर्मनाथ यादव नेकपाका केन्द्रीय सदस्य समेत हुन् । कर्णाली प्रदेशको जिम्मेवारी पाउने गोविन्द कलौनी ०४८ मा शेरबहादुर देउवासँग चुनाव लडेका थिए । एमाले फुटेर माले बन्दा त्यता गएका उनी पछिल्लो समय तत्कालीन एमालेमा सक्रिय छन् र प्रदेश ७ को जिम्मेवारी पाउने शर्मिला त्रिपाठी तत्कालीन माओवादीसम्वद्ध वेपत्ता परिवार समाजको अध्यक्ष हुन् । उनका श्रीमान ज्ञानेन्द्र त्रिपाठीलाई सशस्त्र विद्रोहको समयमा राज्यपक्षले वेपत्ता पारेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार