२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अदालतको आदेशमा महरालाई जेल चलान


२५४३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक १८, सोमबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा राख्न आदेश दिएको हो ।

    घटना विवरण कागजात, जाहेरी दरखास्त, मौकामा कागज गर्नेहरुको बयान र तत्काल प्राप्त प्रमाणको आधारमा महरा कसूरदार हाेइन भन्न नसकिने भएकाले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए । यससँगै यो मुद्धाको टुंगो नलागेसम्म महरा जेलमा रहेनछन् । उनलाई डिल्लीबजार कारागार लगिनेछ ।
    संंसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा महरामाथि प्रहरीले अनुसन्धान गरेको थियो । महराविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले बलात्कार उद्योगमा कारबाही गर्न अभियोगपत्र दर्ता गरेको थियो । मुलुकी अपराध संहिता २०७४ अनुसार बलात्कार उद्योगको आरोपमा साढे ३ वर्षदेखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । सार्वजनिक ओहोदाको दुरुपयोग गरी अपराध गरेको भन्दै सरकारी वकिल कार्यालयले महरालाई हुने सजायमा डेढ गुणा थप गर्न पनि माग दावी गरेको थियो ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार