२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभे्रको नमोबुद्धमा दम्पतीको क्षतबिक्षत शव


२५८७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक १९, मंगलबार मा प्रकाशित ४ साल अघि
  • नमोबुद्ध/काभे्र जिल्लाको नमोबुद्ध नगरपालिका वढा नं ८ तल्लो हटियामा आफ्नै घरमा होटल संञ्चालन गर्दै आएका दम्पतीको क्षतबिक्षत अवस्थामा शव फेला परेको छ ।

    सोमबार साँझ ८ आफ्नो व्यवसायलाई बन्द गरी सुतेका दम्पतीको विहान सव भेटिएको थियो । स्थानियहरुका अनुसार साँझ ८ बजे होटल बन्द गरेर सधा झैं समयमै सुत्न गएका थिए ।

    होटल संञ्चालक ५५ बर्षका श्यामकृष्ण श्रेष्ठ र अन्दाजी ५० बषकि रुकुमाया श्रेष्ठको मंगलबार विहान धारिलो हतियार प्रहार गरी क्षतबिक्षत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपि जयराज सापकोटाले जानकारी दिए । उक्त शव सिरकले छोपेको अवस्थामा प्रहरि चौकी श्यामपाटीका इन्चार्ज प्रहरी सहायक निरीक्षक केशव दर्जी नेतृत्वको टोलिले फेला पारेको थियो ।

    घटनास्थलमा बियरका बोतल, गाजा र सुर्तीको धुलो छरिएको अवस्थामा भेटिएको छ । आफ्नै घरमा चियापसल संचालन गर्दै आएका दम्पतीले घरेलु मदिरा समेत बिक्रि गर्दै आएका थिए । घटनास्थलमा पुगेका प्रहरी टोलीले शुक्ष्म ढंगले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार