२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा तीनहजार युवालाई रोजगारी दिन्छुः खरेल, अशल अभिभावकका कारण नगरको विकासमा सहज भएको हो


३९५३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक १९, मंगलबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के मैनाली
    पाँचखाल/पाँचखाल नगरपालिकाका प्रमुख (मेयर) महेश खरेलले पाँचखाल नगरका जनप्रतीनिधि र कर्मचारीहरु विच अत्यन्त राम्रो सुमधुर सम्बन्ध रहेको वताउनु भयो ।

    नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख खरेलले आपसि समझदारिको कारण नगरको विकास राम्रोसंग भएको बताउनु भयो । उहाँले थप्नुभयो नगरको विकासको लागि मन्त्री गोकुल बाँस्कोटा र प्रदेश सांसद लक्ष्मण लम्सालले अभिभावकको भुमिका निर्वाह गरेको बताउनु भयो । हामीले अशल अभिभावक पाएकाले नगरको विकास निर्माण कार्यको लागि थप सहज भएको हो ।

    प्रमुख खरेलले भन्नुभयो “जनप्रतीनिधि सेवक हो, साशक होईन” हामी सेवकले जनताको सेवामा निरन्तर लाग्नुपर्छ र लागेका छौं । हाम्रो लक्ष भनेको पाँचखालमा रहेको सवै (१३) वडालाई कालो पत्रे सडकले छुवाउने हो , त्यसैगरी दिर्घकालीन ढंगबाट खानेपानी र सिंचाईको व्यवस्थालाई प्राथमिकता दिदै अगाडी बढेका छौं । पाँचखालमा रहेको पानीको समस्यालाई मध्यनजर राख्दै अस्थाई रुपमा डिप वोरीङ्गको व्यवस्था गरी पानी वितरण गर्ने कार्य गरेको खरेलले बताउनु भयो । दिर्घकालीन रुपमा खानेपानीको व्यवस्थाको लागि सुनकोशीको पानी ल्याउने तयारी गरेको बताउनु भयो ।

    पाँचखालका युवाहरुलाई बैदेशिक रोजगारीमा जानुपर्ने वाध्यतालाई अन्त्य गर्न मेरै कार्यकालमा तीनहजार युवाहरुलाई रोजगारी प्रदान गर्ने लक्षका साथ अगाडी बढेको प्रमुख खरेलले बताउनु भयो । पाँचखालको शिक्षामा आधुनिक साथै गुणस्तरीयता बनाउने लक्ष अनुसार सम्पुर्ण विद्यालयमा इ.हाजिरी व्यवस्था गर्ने तयारी गरेको वताउनु भयो । पत्रकारहरुले सोधेको प्रस्नको उत्तर दिदै प्रमुख खरेलले पाँचखालमा हाल सम्म निःशुल्क रुपमा फोहोर संकलन गर्ने कार्य गरेको वताउंदै केही दिन भित्रै बाट थप व्यवस्थापनको साथमा अगाडी बढ्ने बताउनु भयो ।

    पत्रकार सम्मेलनमा नेपाल पत्रकार महांसंघ काभे्र शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले नगरले नियमित रुपमा पत्रकार सम्मेलनको आयोजना गरी सुचना प्रदान गर्नुपर्ने धारणा राख्नु भएको थियो । विगतमा जनप्रतीनिधिहरु नहुंदा समय समयमा सार्वजनिक सुनुवाई जस्ता कार्य गर्दै आएकोमा पछिल्लो समयमा त्यस्ता कार्य खस्केको बताउनु भयो । नगरमा रहेको ऐतिहासिक मंन्दिर पलाञ्चोक भगवति बाट जे जति लाभ लिनु पर्ने हो सो नसकेको वताउदै सो तर्फ ध्यान दिनु पर्ने बताउनु भयो । शुनकोसि ३ आयोजना संञ्चालन संगै पाँचखाललाई बस्ति बिकास गर्ने सरकारको योजना रहेको बताउनु भयो ।

    पाँचखाल नगरका प्रेस सल्लाहकार कपिल कोईरालाले संञ्चालन गर्नु भएको उक्त पत्रकार भेटघाट कार्यक्रममा नगरका प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर भण्डारीले स्वागत मन्तव्य राखनु भएको थियो भने नगरका शाखा अधिकृत राजेश बञ्जाराले पे्रस विज्ञप्ती पडेर सुनाउनु भएको थयो । प्रेस विज्ञप्तीमा नगरले गरेको विकास निर्माणको साथै अन्य उपलब्धिहरु उल्लेख गरिएको छ ।

    यस्तो छ नगरले जारी गरेको विज्ञप्ती

    पाँचखाल नगर, कृषि शहर
    पाँचखाल नगरपालिका,
    नगरकार्यपालिकाको कार्यालय, पाँचखाल, काभ्रेपलाञ्चोक

    पे्रस विज्ञप्ती

    प्रदेश न. ३ काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित पाँचखाल नगरपालिका जिल्लाको तत्कालिन पाँचवटा गाविसहरु समेटी नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको मिति २०७१ बैशाख २५ गतेको मन्त्रीस्तरीय निर्णयबाट पारित भइ स्थापना भएको हो । यस नगरपालिकामा समेटिएका साविकका पाँच गाविसहरु क्रमशः पाँचखाल, होक्सेबजार, देवभुमि, वालुवा, अनैकोट र साठीघर भगवती हुन् । साथै मिति २०७३।११।२७ को नेपाल सरकारको निर्णय अनुसार थप साबिकका दुई खरेलथोक र कोशीदेखा गाविस गरि सात वटा साविकका गाविसहरु मिलि संघियता पश्चातको पाँचखाल नगरपालिका बनेको हो ।

    यस नगरपालिकाको कुल क्षेत्रफल १०३ वर्ग किमि रहेको छ भने कुल जनसंख्या ३७७९७ रहेको छ । हाल १३ वटा वडामा विभाजन गरिएको यस नगरपालिका काभ्रेपलाञ्चोक जिल्लाको क्षेत्रफलको आधारमा दोश्रो ठूलो नगरपालिकाको रुपमा रहेको छ ।पाँचखाल नगरपालिका कृषिका लागि प्रख्यात छ । पाँचखाल नगर कृषि शहर भनेर नगरपालिकाको स्लोगन नै छ । पाँचखाल नगरपालिकामा कृषिको प्रचुर सम्भावना रहेको छ ।

    पर्यटकीय क्षेत्रको रुपमा रहेको पलाञ्चोक भगवतीको मन्दिर, अनैकोट भ्यु टावर, दुग्धेश्वर मन्दिर, सुनकोशी नदि किनार आदि परिचित रहेको हुदाँ यहाँ स्थानीय पर्यटन उद्योगको समेत उत्तिकै सम्भावना रहेको देखिन्छ । पाँचखाल नगर उन्मुख नगरपालिका हो । पाँचखालमा सबै ब्रामण, क्षेत्री, तामाङ,दलितको र विशेषगरी सिमान्तकृत दनुवार समुदायको उल्लेख्य जनसंख्या छ । त्यस्तै थोरै मात्रामा अल्पसंख्यक पहरी समुदाय छ । पाँचखालमा विगतदेखि नै कृषि व्यवसाय गरिरहनु भएका मध्यम वर्ग जो गरिबीको रेखाबाट माथि उठ्न नसकिरहेको स्थिति छ । विचौलियाहरुका कारण उहाँहरुले उत्पादन गरेको तरकारी काठमाडौंसम्म आइपुग्दा मेहनत अनुसारको नाफा पाइराख्नु भएको छैन । जति आम्दानी गर्नुहुन्छ त्यति आफ्नो बालबच्चा पढाउन, दसैँ तिहार खर्च र गर्जो टार्न मात्र पुगिराखेको छ । अब हामीले पाँचखाल नगरको कृषिलाई आधुनिकतातर्फ लैजान खोजेका छौं ।

    पाँचखालको बारेमा अनावश्यक हल्लाहरु पनि चलाइएको छ । पाँचखालको तरकारीमा अत्याधिक विषादीहरु हुन्छ, खान योग्य हुँदैन भनेर । यद्यपि यही कार्यक्रमबाट म के भन्न चाहान्छु भने पाँचखालको आलु हालै प्रधानमन्त्री कृषि आधुनिकरणले नमुना परीक्षण गर्दा खान योग्य ०.३३ मिलिग्राम विषादी सम्म हुन्छ तर पाँचखालमा आलु ०.११.५मिलिग्राम विषादीछ । भनेको मतलब लगभग पाँचखालको उत्पादन आर्गानिक छ । सबैभन्दा कम विषादी भएको आलु पाँचखालको छ । यो प्रमाणित भइसकेको छ । साथै हामीले अगुवा कृषकहरुलाई तालिमहरु प्रदान गरिरहेका छौं । ६ सय कृषकलाई जैविक विषादी र जैविक मल बनाउने प्रविधिहरु लवग्रिन नेपाल सँगको साझेदारीमा सिकाई राखेका छौं ।पाँचखालको माटोको पिएस लेभल जाँचका लागि प्रदेश सरकारबाट ल्याव पनि प्राप्त भएको छ । माटो परीक्षण ल्याव सञ्चचालन गरिसकेका छौं ।

    प्रत्येक वडाको प्रत्येक क्षेत्रमा गएर मोवाइल माटो परीक्षण गर्ने योजनामा छौं । किसानहरुलाई सहुलियत मूल्यमा १ लाख किलो चुन वितरण गर्दैछौं । माटोको अवस्था पहिलेको अवस्थामा ल्याउने प्रयास गर्छौं । यसरी विभिन्न योजनासँगै आर्गानिक र खान योग्य तरकारी उत्पादन गर्ने हाम्रो योजना छ । यसका लागि लबग्रिन नेपाल, लि वर्ड, लगायतका अन्य संघ–संस्थाहरुसँग सहकार्य भइरहेको छ । थोरै जग्गामा प्रविधिको प्रयोग गरेर कसरी धेरै आम्दानी गर्न सकिन्छ भन्ने विषयमा कृषकहरुसँग छलफल गरि उहाँहरुलाई तालिम दिने गरेका छौं । जबसम्म कृषकहरु सम्पन्न हुँदैनन् तबसम्म समृद्ध पाँचखाल बनाउन मुस्किल पर्छ । त्यसैले परम्परागत कृषि प्रणालीमा प्रविधिको प्रयोग मार्फत अझ सक्षम र बढी आयस्रोत बनाउने तर्फ हामी केन्द्रित छौं । पलान्चोक भगवती वडा नम्बर ९ मा जुन ६० घर छ । त्यहाँ समूह बनाएरु ३७ वटा हाते ट्याक्टर वितरण गरेका छौं । अरु वडाहरुमा पनि गर्दैछौं ।

    सिंचाईको अभावलाई सहयोग पु¥याउन पाँचखाल उपत्यकामा १० लाख पानी अट्ने रिचार्ज पोखरीहरु निर्माण गरेका छौं । तरकारी खेतीलाई असर गर्ने क्रसरहरु चल्न दिएका छैनौं । त्यसलाई निषेध गर्छौ । पाँचखालमा चलेको प्लाई उद्योगलाई यथास्थितिमा नचलाउन पत्रचार गरेका छौं । पाँचखाल भ्यालीमा सञ्चालनमा रहेको इट्टा भट्टा व्यवस्थित र बाताबरण मैत्री चलाउनको लागि भनिसकेका छौं । मापदण्ड र बाताबरण ऐन अनुसार नभै नचलाउन पत्राचार गरेका छौं । बाताबरण स्वच्छ बनाउन बाताबरण ऐन ल्याएका छौं । प्राकृतिक स्रोतहरुको दोहन हुन दिएका छैनौं । पाँचखाल नगरको स्रोत एकदम कम छ । बजेट पनि एकदम न्यून छ । हामी नागरिकसँग विहान बेलुका उठबस गर्ने, गाली गर्यो भने गाली सुन्ने हो । गुनासो सुन्ने हो । जनप्रतिनिधि र कर्मचारी शासक हैनन् सेवक हुन । जुन हिसाबले हरेक क्षेत्रमा काम गर्नुपर्ने हो । पाँचखालमा प्रशस्त योजनाहरु छ । लक्ष्य छ, रोड म्याप पनि तयार गरिसकेका छौं । तर स्रोतको कमी छ । यद्यपि साझेदारी र अनुरोधमा धेरै योजनाहरु पाँचखालमा सफल भएको छ। हाम्रो योजना र लक्ष्यलाई बुझेर केन्द्र र प्रदेश सरकारले पनि थप केही गर्छ कि भन्ने विश्वासमा छौं ।

    पाँचखाललाई पाँचखाल नै बनाउने हाम्रो योजना छ । हिजोको जस्तो होइन २१ औं शताब्दीको पाँचखाल बनाउनु छ । तत्काल नहोला यद्यपि हामीले २० वर्ष पछि पाँचखालको अबस्था (पी २०) को अवधारण ल्याएका छौं । काठमाडौंमा बसोबास गर्नेहरुको भविष्य पाँचखालमा हुनेछ । स्वस्थ श्वास, स्वच्छ अक्सिजन लिनु पर्यो भने पाँचखाल सबैभन्दा नजिकको गन्तव्य पर्दछ । सडकको विकाससँगै अबको काठमाडौ देखि पाँचखालको दुरी एक घण्टा भन्दा कमको यात्रा हो ।

    पाँचखालमा ५ लाख जनसंख्या हुन्छ भन्ने अनुमान छ । त्यसैले पाँचखालको जहाँ खेतीयेग्य जमिन छ त्यहाँ बस्तीका लागि पूरै रोक लगाएका छौं । त्यो बाहेक जहाँ रिङरोड बनाई राखेका छौं रिङ रोडको ट्रयाक खोलेका छौं त्यसको छेउछाउ ग्राभेल गरेर पक्की नाली बनाउने काम भईरहेको छ । विगतमा सडकहरु जताजतै डोजरले खनेका थिए । अहिले हामीले नगरपालिका यातायात योजना अन्तर्गत मापदण्ड बनाएका छौं र लागू पनि गरेका छौं । अहिले हामीले नक्सा पास गर्दा कम्तिमा ६ मिटर र सेट व्याक दुई–दुई मिटर छोड्नुपर्ने भनेर नियम बनाएका छौं । भोलि गएर काठमाडौं जस्तै अस्तव्यस्त कंकृटको जंगल नहोस् । भोलि त्यहाँ पनि विकराल समस्या नहोस् भनेर घरको नक्सा पास गर्दा हामीले ढल नराखेर सेफ्टी टंयाङकी अनिवार्य गरेका छौं । पिटहोल पनि अनिवार्य गर्ने विषयमा छलफलमा छौं । सम्भवत अर्को वर्षदेखि यो पनि अनिवार्य गर्छौं । आकाशे पानीलाई प्रत्येक घरधुरीले सञ्चय गर्ने व्यवस्था मिलाउँदै छौं । जसले गर्दा भोलि जमिनको सतह कायम भइरहन्छ । खानेपानीको अबश्यकतालाई मध्यनजर गर्दै एसियाली विकास बैक, शहरी विकास र नगरपालिका संगको सहकार्य एवं जनताको प्रत्यक्ष सहभागितामा सुनकोशी पाँचखाल वृहत खानेपानी आयोजनाको सम्झौता भएको छ । फोहोर व्यवस्थापनको लागि काम अगाडी बढेको छ ।

    पाँचखाल नगरपालिकालाई डिजिटलाइज गरेका छौं । अहिले जथाभावी काम हुँदैन, राजश्व तिर्न टोकन लिएर लाइन बस्नु पर्छ । अहिले सफ्टवयर बनाएर प्रत्येक वडामा नै कर तिर्न मिल्ने व्यवस्था गरेका छौं । नगरका काम तथा सामाजिक सुरक्षा भत्ताहरु लगायत हरेक गतिविधि वैंकिङ प्रणालीबाट गर्ने, वडा वडामा स्वास्थ्य परीक्षण, वृृद्धवृद्धाहरु सामान्य स्वस्थ्य परीक्षण गर्ने गरेका छौं ।अहिले हामीले मोतीविन्दु मुतm पाँचखाल बनाउने लक्ष्यका साथ अगाडी बढेका छौं । हाल सम्म १२४ जनाको सफल मोतिविन्दुको अप्रेसन भैसकेको छ । यसलाई निरन्तरता दिन्छौं । त्यस्तै गर्भवती महिलाहरुलाई निशुल्क अल्ट्रासाउण्ड गर्ने व्यवस्था गरेका छौ । प्रथामिक स्वस्थ्य सेवा अन्तर्गत केन्द्र सरकार र नगरले थप गरेर १ सय थरी औषधिहरु निःशुल्क रुपमा प्रदान गरिरहेका छौ ।

    जनप्रतिनिधिहरुको लागि छुट्टाएको बजेटमा नगरपालिकाबाट थप गरेर दमकल र एमबुलेन्स खरिद ग¥यौ ।मेयरको लागि गाडि किन्न छुट्याएको रकम विभिन्न वडामा खानेपानीको लागि खर्च ग¥यौ । दमकललाई व्यवस्थित सञ्चालन गर्न पाँचखालमा रहेको शसस्त्र प्रहरी सँग सहकार्य गरेका छौं । चुनावी निर्वाचनमा जाँदा मैले मात्र होइन सबै उम्मेद्वारहरुले खानेपानी, बाटो, गुणस्तरीय शिक्षा, रोजगारीको व्यवस्था आदिको भाषण गर्यौं । एक अर्कोमा दोष दिने बानीले हामी पछि परेका हौं । यही कुरालाई ध्यानमा राखेर पाँचखालमा अहिले सम्म जे जति काम भएका छन् त्यसमा फरक मत राखेका छैनौं । जनप्रतिनिधि कसैले फरक मत राखेको छैन । जे निर्णय भएको छ, त्यो कार्यन्वयन गराएका छौं । एक–अर्कामा सहकार्य गरेर काम गरिरहेका छौं ।

    हामीले धेरै वाद देख्यौं अब विकासवादमा जोड दिनु पर्दछ भन्ने हाम्रो मान्यता हो । चाहे जुनसुकै पार्टी होस, एक–अर्कामा आरोप प्रत्यारोप भन्दा पनि विकासमा जोड दिन जरुरी छ । पाँचखाल नगरपालिकाले यही गरिरहेको छ । त्यस्तै पर्यटन विकास लगानीको वातावरण बनाउने काम पनि गरिरहेका छौं । शैक्षिक विकासका लागि काठमाडौ विश्व विद्यालयसँग समन्वय गरेर कृषि विश्वविद्यालयको काम अगाडि बढिसकेको छ । यसबाट २५ सय सम्मको हाराहारीमा रोजगारी सृजना हुन्छ । पाँचखालमा होटल खुल्छ, रिसोर्ट खुल्छ पाँचखालका दाजुभाई छोराछोरीलाई पढाउने हुर्काउने बेलामा अरब जानु पर्दैन ।

    महिलाहरुलाई रोजगारी दिलाउन सार्क वुमन आन्ट्रोप्रिनियरसँग पाँचखालमा हरि महिला औधोगिक ग्राम बनाउन सम्झौता गरेका छौं । हरित महिला औद्योगिक ग्राम अन्तर्गत महिला उद्यमशीलता र शसतिmकरणमा जोड दिएका छौं । यो स्थापना भएपछि महिला दिदिबहिनीहरु पनि विदेश जानु पर्दैन । युवाहरुको लागि युवा परिषद सँग सहकार्य गरेर युथ क्रिएसन सेन्टर स्थापना गर्दैछौं । पाँचखाल ७ मा भेटेरीनरी औषधिको फ्याक्ट्री सञ्चालनमा आएको छ । हाम्रो लक्ष्य भनेको शुसासन कायम गर्नु हो । नागरिकको सेवाका लागि आफूमा इमान्दारिता चाहिन्छ । स्थानीय निकायमा हाम्रो कानुनले पनि प्रतिपक्ष र पक्ष भनेको छैन । सबै मिलेर काम गर भनेको छ । भौतिक सुख सुविधा लगायतका पक्षले गर्दा आलोचित हुनु परिरहेको छ । स्रोतको अभाव छ । यद्यपि कामहरु भईरहेका छन् । सबै योजनाहरु पाँच बर्षभित्र सम्पन्न हुन सक्छ भन्ने छैन । नयाँ जनप्रतिनिधिले अझ प्रभावकारी ढंगबाट काम गर्छन् भन्ने अपेक्षा छ । हामीले राम्रो जग राख्नु नै हाम्रो सफलता हो ।

    यस नगरपालिकामा पलाञ्चोक भगवतीको मन्दिर छ । हिन्दुहरुको महान आस्था भएको मन्दिर छ । त्यस्तै ८४ महादेव घुम्न मिल्ने दुग्देश्वर महादेवको मन्दिर छ । पाँचखाल ५ खावामा रहेको कोटदेवी, अनेकोटमा रहेको धनको देवी तिरुपति धनलक्ष्मी, पाँचखाल ११ गुप्तेश्र र थानापति मन्दिर छ । त्यसैले धार्मिक हिसावले पनि महत्वपुर्ण ठाउँहरुलाई धार्मीक पर्यटकको रुपमा कार्य अगाडी बढाएका छौं । पलाञ्चोक भगवती मन्दिरलाई व्यवस्थित रुपमा सञ्चालन गर्नको लागि नगर प्रमुखको संंयोजकत्वमा एउटा समिति बनेको छ । समिति बन्ने वित्तिकै मन्दिरको भेटी व्यवस्थापन र पारदर्शी बनाउन बैंकिङ सिष्टमको अवधारणा ल्याएका छौं । पलाञ्चोकमा सिसि क्यामेरा जडान गरेका छौं ।

    मन्दिरको छेउमा रहेको पार्कीङको जग्गा व्यक्तिको भएकोले त्यसलाई मन्दिर अन्तरगत ल्याउन यस पटक ३० लाख बजेट छुट्याएका छौ । मन्दिरको लागि पुरातत्व विभाग संग समन्वय गरी थप बजेटको व्यवस्था पनि गरेका छौं । पाँचखाल नगर भित्र भएका पुरातात्विक संरचनाहरुको संरक्षण तथा उत्खनन कार्य अघि बढेको छ । पुरातात्विक हिसाबले पनि पाँचखालमा लिच्छवी कालिन सभ्यता थियो भन्ने कुराहरु अनुसन्धान भइरहेको छ । त्यसको अनुसन्धान शुरु गरेका छौं ।
    प्रत्येक आर्थिक वर्षमा जारी हुने आर्थिक ऐन र विनियोजन ऐन बाहेक प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७४, नगर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५ वातावरण संरक्षण ऐन, २०७५ न्यायिक समिति (कार्यविधि सम्बन्धी ऐन, २०७५ सहकारी ऐन, २०७५ पलाञ्चोक क्षेत्र विकास कोष ऐन, २०७६ जलस्रोत उपयोग सम्बन्धी ऐन, २०७६ शिक्षा ऐन, २०७६ गरी आठ वटा ऐन जारी गरिएको छ ।

    नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली, २०७४ नगर कार्यपालिका (कार्यविभाजन)नियमावली, २०७४ र वातावरण संरक्षण नियमावली, २०७५ गरी तीन वटा नियमावली बनाई लागू गरिएको छ ।

    नगर कार्यपालिकाको बैठक सञ्चालनसम्बन्धी कार्यविधि, २०७४ नगरसभा सञ्चालन कार्यविधि, २०७४ आधारभूत तह (कक्षा–८) को अन्तिम परीक्षा सञ्चालन, व्यवस्थापन तथा नियमन कार्यविधि, २०७४ स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि, २०७४ “घ” वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि, २०७५ उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि, २०७५ करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धि कार्यविधि, २०७५ सम्पत्ति कर व्यवस्थापन कार्यविधि, २०७५ आन्तरिक आय संकलन(ठेक्का बन्दोबस्त) सम्बन्धि कार्यविधि, २०७५ आपतकालीन कार्यसञ्चालन केन्द्र कार्यसञ्चालन विधि, २०७५ विपद् व्यवस्थापन कोष (सञ्चालन) कार्यविधि, २०७५ अपा∙ता भएका व्यक्तिको परिचय पत्र वितरण कार्यविधि, २०७५ पाँचखाल नगरपालिका अन्तर्गत सञ्चालित युवा लक्षित कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७५ कर्मचारी कल्याणकारी कोष संचालन कार्यविधि, २०७५ टोल विकास संस्था सञ्चालन कार्यविधि, २०७६ नदी तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाई सम्बन्धी कार्यविधि, २०७६ गरी १६ वटा कार्यविधि पारित भएको छ ।

    यसका साथै आवश्यकता अनुसार जेष्ठ नागरिक परिचय–पत्र वितरण निर्देशिका, २०७४ कर्मचारीको विदेश भ्रमण सम्बन्धी निर्देशिका, २०७५ पदाधिकारीको विदेश भ्रमण सम्बन्धी निर्देशिका २०७५ बजार अनुगमन सम्बन्धी निर्देशिका, २०७६ पदाधिकारीहरुको आचारसंहिता, २०७४ तथा योजना तथा वजेट तर्जुमा दिग्दर्शन, २०७४ लगायतलाई पारित गरी लागू गर्दै आएका छौँ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार