२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

“८ वटा सहकारी संस्था एकिकरण सहित” सामुदायिक साकोसको २५ औं वार्षिक साधारण सभा सम्पन्न


४१२२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २३, शनिबार मा प्रकाशित ४ साल अघि
  • पनौती, २०७६ कार्तिक २३ गते शनिवार सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि., पनौती ४, टौखालको २५ औं वार्षिक साधारण सभा ६ वटा स्थानहरुमा क्षेत्रगत रुपमा सम्पन्न भयो ।

    संस्थाको मुख्य कार्यालय प्राँगण, पनौती ४, टौखालमा ७४१८ सदस्यहरु रहेकोमा ६२६७ जना ८४।४८ प्रतिशत सदस्यहरुको उपस्थिति तथा प्रदेश सभा साँसद माननीय श्री चन्द्र लामाको प्रमुख अतिथ्यता रहेको थियो भने कुशादेवी क्षेत्रमा सम्पन्न साधारण सभामा २५९४ सदस्यहरु रहेकोमा २००१ जना ७७।१४ प्रतिशत सदस्यहरुको उपस्थिति र संविधान सभा सभासद माननीय श्री रामहरी सुवेदीको प्रमुुख आतिथ्यता रहेको थियो त्यसैगरी बेथानचोक क्षेत्रमा सम्पन्न साधारण सभामा २१०३ सदस्यहरु रहेकोमा १३८७ जना ६५।९५ प्रतिशत सदस्यहरुको उपस्थिति र बेथानचोक गाउँपालिका उपप्रमुख श्री सरिता लामिछाने प्रमुख अतिथि रहनु भयो भने खोपासी क्षेत्रमा १९५७ सदस्यहरु रहेकोमा १५०७ जना ७७।०१ प्रतिशत सदस्यहरुको उपस्थितिमा पनौती वडा नं. १० का वडाध्यक्ष श्री मोहन बहादुर भण्डारीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भयो त्यस्तै बनेपा क्षेत्रमा सम्पन्न साधारण सभामा ५७६५ सदस्यहरु रहुनु भएकोमा ३५६२ जना ६१।७९ प्रतिशत सदस्यहरुको उपस्थितिमा बनेपा न.पा. वडा नं. १० का वडाध्यक्ष श्री चन्द्र बहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो त्यस्तै भूमिडाँडा क्षेत्रमा सम्पन्न साधारण सभामा ८८३ जना सदस्यहरु रहेकोमा ५९७ जना ६७।६१ प्रतिशत सदस्यहरुको उपस्थिति तथा पनौती १२ का वडाध्यक्ष श्री ईश्वर जंगमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    समग्रमा २०७२० जना सदस्यहरु मध्येबाट १५३२१ जना ७२।३३ प्रतिशत सदस्यहरुको उपस्थितिमा संस्थाको २५ औं वार्षिक साधारण सभामा प्रस्तुत सम्पूर्ण एजेण्डाहरु सर्वसम्मत पारित गर्दै ८ सहकारी संस्था एकिकृत भई सामुदायिक वचत तथा ऋण सहकारी संस्था लि.को नामबाट सञ्चालन हुने निर्णयका साथ सम्पन्न भयो । सबै क्षेत्रका साधारण सभा सम्बन्धित क्षेत्रका प्रमुख अतिथिहरुबाट उद्घाटन भएको थियो । मुख्य कार्यालयमा सम्पन्न सभामा अध्यक्ष श्री प्रकाश बन्जाराको सभापत्विमा प्रदेश सभा साँसद माननीय बसुन्धरा हुमागाई, पनौती न.पा का प्रमुख भिम न्यौपाने, उपप्रमुख गीता बन्जारा, नेफ्स्कुनका सञ्चालक श्री उद्दव सापकोटा प्रमुख कार्यकारी अधिकृत श्री शिवजी सापकोटा विशिष्ट अतिथि रहनु भएको थियो । पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना लगायतका विभिन्न पत्रकार ज्यूहरु, छिमेकी संघ संस्थाहरुको अध्यक्ष एवं प्रतिनिधिहरु, एकिकरण हुने सहकारी संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    उद्घाटन शत्रमा शुभकामना मन्तब्यको क्रममा अतिथिको आसनबाट पत्रकार महासंघका अध्यक्ष मोतिराम तिमल्सिनाले सुखी नेपाली समृद्ध नेपालको नारा सार्थक बनाउन सामुदायिक साकोसले महत्वपूर्ण भुमिका निर्वाह गरेको उदृत गर्दै मन्तब्व राख्नु भयो भने पनौती न.पा. सहकारी विभाग प्रमुख ईन्द्र प्रसाद अधिकारीले संस्थाको सक्षमता विकास हुनुपर्ने, ज्ञान, गुण र विवेकशिल संस्था अवको समयमा एकिकरणमा अगाडी बढ्नु पर्छ स्थानीय तहको तर्फबाट आवश्यक सहयोग गर्न तत्पर रहेको कुरालाई जोड दिदै मन्तब्य राख्नु भएको थियो । प्रदेश नं. ३ का विकास परिषद् सदस्य श्री कुमार थापाले सहकारीले उत्पादनको क्षेत्रमा समेत ध्यान पुर्याउनु पर्ने कुरा ब्यक्त गर्नुभयो ।

    बचत तथा ऋण सहकारी संस्थाहरुको केन्द्रिय छाता संगठन नेफूस्कुनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले नेपालको सहकारी अभियानको स्थापनाकाले देखि विकास क्रम क्रमशः जानकारी गराउँदै अबको सहकारी युग भनेको प्रविधियुक्त युग हो, यस संस्थाले नविनतम प्रविधिमा ध्यान पुर्याउन र कार्यक्षेत्र विस्तार गर्दा एकिकरण गर्दै अगाडी बढ्न सुझाउदै नेफ्स्कुनले अनुगमन गर्दा सामुदायिक साकोसको सम्पूर्ण गतिविधिहरु नीति संगत रहेको आफैं पनि यस संस्थाको सदस्य भएको कुरा जनाउदै निर्धक्कसँग सामुदायिक साकोसमा कारोवार गर्न सदस्यहरुलाई अनुरोध गर्नुभयो साथै नेफ्स्कुनले अब १०८ वटा सूचक भएको सुशासन मापन विधि ल्याउन लागेको र उक्त विधिमा पास हुनुपर्नेकुरा जानकारी गराउनु भयो ।

    पनौती न.पा. का उपप्रमुख गिता बन्जाराले आफू पनि यस संस्थाको सदस्य रहेकोले बिना झण्झट यस संस्थाबाट वचत तथा ऋणको कारोवार गर्न पाईएको र यो संस्था अब्बल रहेकोले यस संस्थामा रकम जम्मा गरेपछि निर्धक्कसँग सुत्न सकिने अभिब्यक्ति राख्दै संस्थाले सदस्यमैत्री नीति विधिहरु परिमार्जन गर्दै लगेकोले यो संस्था समुदायमा आधारित रहेको बताउनु भयो । माननीय बसुन्धरा हुमागाईले एक ब्यक्ति एक सहकारीको नियमलाई पालना गर्नुपर्दा मैले सामुदायिक साकोसनै रोज्छु र अरुलाई पनि सामुदायिक साकोसनै रोज्न अनुरोध गर्दै सक्षम र सवल संस्थाको सदस्यता कायम राख्नु पर्ने बताउनु भयो ।

    माननीय चन्द्र लामाले सामुदायिक साकोसको सदस्यता लिने प्रतिबद्धता गर्दै प्रदेश स्तरबाट आवश्यक सहयोग गर्दै साधारण सभा सफलताको शुभकामना ब्यक्त गर्नुभयो । अतिथिहरुले मन्तब्यको क्रममा अब सहकारी सदस्यहरुले सहकारी व्यवहारसंगै सिद्धान्त पनि बुझ्नुपर्ने, सामुदायिक सहकारीले अन्तर्राष्ट्रिय स्तरको एक्सेस सिल्भर ब्राण्ड पाउन सकेकोमा बधाई ज्ञापन गर्दै सामुदायिक कालजयी, दिर्घजीवी र धर्ती रहेसम्म यो संस्था रहिरहने विचार राख्नु भएको थियो । सो शत्रमा संरक्षक प्रताप ताम्राकार र पार्वती हेल्जूबाट सहयोग प्राप्त नवदुर्गा भवानी आशिर्वाद सहयोग कोषबाट संस्थाले बिपन्नहरु मध्ये ७ जना सदस्यहरुलाई जनही रु. ३ हजारको दरले प्रमुख अतिथि ज्यूबाट बिपन्न सदस्य सहयोग रकम बितरण गर्नु भएको थियो ।

    एकिकरण भएका संस्थाहरु सामुदायिक वचत तथा ऋण सहकारी संस्था लि. पनौती ४ टौखाल, मिलिजुली नारीचेतना वचत तथा ऋण सहकारी संस्था लि., बेथानचोक ५, मदनबास, लड्केश्वर नारीचेतना वचत तथा ऋण सहकारी संस्था लि., पनौती ११, बल्थली, जनजीवन वचत तथा ऋण सहकारी संस्था लि., पनौती २, कुशादेवी गाउँवेशी साना किसान कृषि सहकारी संस्था लि., पनौती ११, बल्थली, गोठाला गणेश वचत तथा ऋण सहकारी संस्था लि., पनौती ६, नमोबुद्ध रोड, श्री चम्पादेवी साना किसान कृषि सहकारी संस्था लि., पनौती २, कुशादेवी, गाउँले वचत तथा ऋण सहकारी संस्था लि., बनेपा ७, गोदामचोक रहेका छन् । मुख्य कार्यालयको कार्यक्रम सञ्चालन लेखा संयोजक श्री हरिप्रसाद तिमलिस्नाले गर्नुभएको थियो ।

    सभाको बन्द शत्रमा संस्थाको सचिव र कोषाध्यक्षको प्रतिवेदन, लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन, आ.व. २०७५÷०७६ को लेखा परिक्षण प्रतिवदेन, आ.व. २०७६÷०७७ को लागि बाह्य लेखापरिक्षक नियुक्ती र पारिश्रामिक तोक्ने सम्बन्धमा, विनियम संशोधन सम्बन्धमा, संस्था एकिकरण सम्बन्धमा, चालु आर्थिक वर्ष २०७५÷०७६ को कार्ययोजना तथा बजेट, र विविध प्रश्तावहरु ६ वटै क्षेत्रको साधारण सभाबाट पारित गरिएकोे थियो ।

    २५ औं वार्षिक साधारण सभाले सदस्यको प्राकृतिक मृत्यू हुँदा रु. २५ हजार र दुर्घटनाका कारण मृत्यू भएमा रु. ५० हजार सम्म राहत उपलब्ध गराउने र सदस्यको परिवारमा मृत्यू हुँदा रु. ५ हजार देखि १० हजार सम्म राहत उपलब्ध गराउने गरी नीति पारित गरेकोछ । सदस्यमैत्री निर्णयहरु गर्ने क्रममा यस पटकदेखि संस्थाले कारोबारको आधारमा सदस्यहरुलाई संरक्षित पूँजि फिर्ता कोषको रकम वितरण गर्न शुरुवात गरेको छ । संस्थाका सदस्यहरुमध्ये संरक्षित पूँजि फिर्ता कोष सञ्चालन नीति बमोजिम कोषबाट २०८० जना असल ऋणी तथा वचतकर्ताहरुलाई रु. २० लाख रकम वितरण गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ । उक्त सदस्यहरु मध्ये प्रत्येक क्षेत्रको साधारण सभामा २।२ जनाको दरले संस्थाले सभामा सम्मान गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार