२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

राजेन्द्र खरेललाई पाँचखालमा सम्मान , सहकारी भनेको पवित्र माला हो, सामाजिक क्षेत्रमा योगदान पु¥याउनेलाई सम्मान गछौं-पराजुली


४६६८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २४, आईतबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के मैनाली

    पाँचखाल/काभे्र जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष विनोद पराजुलीले सहकारी पैसा किन्ने र बेच्ने थलो नभएको बताउनु भयो । उहाँले थप्नुभयो सहकारीमा सेवा लिनु र दिनु भनेको समुदाय साथै देशकै भलाइ गर्ने काम गर्दै पवित्र मालाको रुपमा अगाडी बढेको छ ।

    ग्रामिण महिला विकास वहुउद्देश्यीय सहकारी संस्थाको २४ विसौं बार्षिक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष पराजुलीले सहकारीले राज्यलाई ठुलो सहयोग गरेको ठोकुवा गर्नु भयो । उहाँले भन्नुभयो “सहकारीले कमाएको पैसावाट राज्यलाई २० प्रतिशत कर तिर्छ, नेपाली जनतालाई व्यवसायीक कर्जा दिनु राज्यको दायित्व हो, सो राज्यको दायित्वमा समेत सहकारीहरुले साथ दिएको छ”। सामाजिक क्षेत्रमा सहकारीले योगदान पु¥याउदै आएको छ, तर पुगेको छैन आगामी दिनमा थप योगदान पु¥याउने बिषयमा अगाडी बढेका छौं, सामाजिक क्षेत्रमा योगदान पु¥याउनेलाई जिल्ला सहकारी संघले सम्मान गर्नेछौं ।

    कार्यक्रमका प्रमुख अतिथि पराजुलीले भन्नुभयो—सहकारीको उदयदेखी हालको अवस्था सम्म आईपुग्दा सहकारीले सहकारी निर्माणसंग सम्बन्धित पहिलो चरण पार गरेको छ । अव दोस्रो चरण अन्तर्गत बिकासको चरनमा प्रवेस गरेको छ । काभे्रमा रहेका १ हजार ५ सय सहकारीको संरक्षण गर्नु जिल्ला सहकारी संघको दायित्व हो हामी ती सहकारीहरुलाई मर्न दिदैनो । जिल्लामा १ लाख ३२ हजार सहकारीमा आवद्ध छन् अव जिल्लामा सहकारीमा आवद्ध हुन छुटेकाहरुलाई समेट्ने बिषयमा सहकारी अगाडी बढ्नु पर्छ ।

    कार्यक्रमका बिशेष अतिथि पाँचखाल नगरका प्रमुख महेश खरेलले पाँचखालमा रहेका सहकारी संस्थाहरुको हितको लागि निरन्तर रुपमा अगाडी बढ्ने बताउनु भयो । ग्रामिण महिला विकास वहुउद्देश्यीय सहकारी संस्थाले महिलाहरुलाई वचत गर्ने बानिको बिकास साथै सामाजिक कार्यमा समेत अग्रसर रहंदै आएकोमा खुसि व्यक्त गर्दै आगामी दिनमा थप शसक्त ढंगबाट अगाडी बढ्न सुझाव दिनुभयो । संस्थाको स्थापना कालमा नगर प्रमुख खरेलका पिता राजेन्द्र खरेलले २ सय ५० जनालाई शेयर खरिद गरीदिई संञ्चालनमा आएको संझना स्वरुप संस्थाले राजेन्द्र खरेललाई सम्मान गर्ने निर्णय गरेको थियो । पुर्व शिक्षा मन्त्रि समेत रहेका खरेल अस्वस्थको कारण उपस्थित हुन नसकेपछि छोरा महेश खरेल मार्फत समन पत्र पठाईएको थियो ।

    कार्यक्रममा पाँचखाल नगरका उप—मेयर लक्ष्मी दनुवारले पाँचखालमा रहेको ग्रामिण महिला बिकास सहकारी पाँचखालको मात्र नभई जिल्लाकै नमुना सहकारी भएको वताउनु भयो । उहाँले भन्नुभयो—नगरले घरेलु मदिरा न्यूनिकरसणको कार्यमा नगरपालिका अगाडी बढेकोले सहकारीले साथ दिनु पर्छ । नगरको तर्फबाट विगत बर्षमा महिला तथा बालबालिकाको लागि १६ लाख वजेट विनियोजन गरेकोमा ४ लाख मात्रै सो क्षेत्रमा खर्च गरी बाँकी रकम अन्य शिर्षकमा खर्चिनु परेको दुखेसो पोख्नुभयो । यस आर्थिक बर्षमा २६ लाख वजेट व्यवस्था गरेको वताउदै सो रकम सम्बन्धित शिर्षकमै खर्च गर्ने बिषयमा सहकारीले समेत साथ दिनुपर्ने बताउनु भयो ।

    संस्थाको अध्यक्ष सरस्वति चिमौरीयाको सभापतित्वमा संञ्चालन भएको उक्त कार्यक्रममा संञ्चारकर्मी ईश्वरी राजकुमार मैनाली,  संस्थाका प्रमुख सल्लाहकार निर्मला कार्की ,  प्रगतिशिल वहुउद्देश्यीय सहकारी संस्थाका सचिव सरोज न्यौपाने, आर्थिक विकास बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष सत्ववति भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । गायत्रि पौडेलले संञ्चालन गरेको कार्यक्रममा रोहीत कुमारी हुमागाईले स्वागत मन्तव्य राख्नु भएको थियो भने संस्थाका व्यवस्थापक मनोज कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

    ग्रामीण महिलाकोे नेतृत्वमा पुन सरस्वती

    चौविसौं साधारण सभाबाट पुन सरस्वती चीमौरियाको अध्यक्षतामा १५ सदश्यीय सञ्चालक समिति गठन भएको छ । जसको उपाध्यक्ष इन्दिरा गौतम, सचिव गीता नेपाल, सह—सचिव कुसुम दुलाल, कोषध्यक्ष तिलका अधिकारी रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा शिवकुमारी श्रेष्ठ, लक्ष्मी गिरी, रोहीत कुमारी हुमागाई, ठुलीकान्छी अछामी, गीता घिमिरे, द्रोण कुमारी दंगाल, कान्छि दनुवार, रानुकी दनुवार, सञ्जु वानियाँ, हरिमायाँ दनुवार, रहनु भएको छ । त्यसैगरी लेखा समिति संयोजक इन्दिरा सापकोटा र सदस्यहरुमा गणेशमायाँ श्रेष्ठ र सुनिता दनुवार रहनु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार