२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

इन्द्रेश्वर क्याम्पसमा मेयरको हस्तक्षेप, व्यवस्थापन समिति विहिन


३४१८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २५, सोमबार मा प्रकाशित ४ साल अघि
  • पनौती÷पनौतीको पूरानो क्याम्पस इन्द्रेश्वर क्याम्पस व्यवस्थापन समिति विहिन भएको छ । व्यवस्थापन समिति गठनका लागि क्याम्पस सभा बोलाइएको भए पनि उत्पन्न विवादका कारण गठन हुन सकेन ।

    व्यवस्थापन समिति गठनको लागि बोलाईएको क्याम्पस सभाको कार्यक्रम संञ्चालन क्याम्पस प्रमुख हटाईएका श्रीकुमार सुवालले कार्यक्रम संचालन गरेका थिए । सभामा संघीय सांसद गंगाबहादुर दोङ, प्रदेश सांसद चन्द्र लामा, पनौती नगरका प्रमुख भिम न्यौपानेको समेत उपस्थिति रहेको थियो ।

    पटक पटक सभाको आयोजना गर्दा पनि समिति निर्माण गर्न नसकि स्थगित भएकोले यस पटक भने अन्य औपचारिक कार्यक्रम नगरी समिति गठन सभाको मुख्य उद्देश्य रहेको थियो । तर समिति गठनलाई सहज हुने भन्दै मन्तव्य राख्ने काम समेत भएको थियो । सभाका अधिकांश वक्ताहरुले क्याम्पस व्यवस्थापन समितिमा राजनीतिक व्यक्तित्वको भन्दा पनि शैक्षिक र प्राज्ञिक व्यक्तित्वले प्रवेश पाउनुपर्ने बताएका थिए ।

    क्याम्पस व्यवस्थापन समितिको सदस्य हुनका लागि क्याम्पस सभा सदस्य हुनुपर्ने हुन्छ । तर सभामा सो बिषयलई कुनै वास्तै नगरी पनौती नगर प्रमुख भिम न्यौपानेले क्याम्पस व्यवस्थापन समितिमा रहन चाहनेले नाम टिपाउन उद्घोष गर्नु भएको थियो । १० जना सदस्य आवश्यक पर्नेमा ५२ जना आकांक्षी देखिएपछि सदस्य छनौटमा समस्या उत्पन्न भएको थियो । इन्द्रेश्वर विद्यालयमा वर्षौदेखि विद्यालय व्यवस्थापन समिति निर्माण नहुँदा नगर मौन बस्दा समस्या आएको स्थानियको भनाई रहेको छ ।

    व्यवस्थापन समिति गठनको लागि मेयरले हस्तक्षेप गरेको सहभागीले आरोप लगाएपछि मेयर न्यौपानेले क्याम्पसको विवाद समाधान गर्नु आफ्नो दायित्व नै भएर हस्तक्षेप गर्न बाध्य भएको बताए । समस्या सभाधानका लागि भन्दै एकपक्षीय रुपमा नेकपा र कांग्रेसको तर्फबाट ४÷४ जना प्रतिनिधि छनौट गर्न निर्देशन दिएका मेयरले नेकपाका तर्फबाट ४ जनाको नाम सार्वजानिक गरेका थिए । कांग्रेसका प्रतिनिधिलाई पनि ४ जना सहभागी छनौट गर्न भने पछि सहभागीहरुले क्याम्पस व्यवस्थापन समितिमा राजनीतिक भागवण्डा उपयुक्त नहुने सहभागीहरुले बताएका थिए । राजनीतिक दलको भागवण्डा गर्न लाग्दा सबैको सहभागिता माग हुन सक्ने बताउँदै आफूहरु नाम दिन नसक्ने बताएका थिए ।

    समिति गठनलाई अनिर्णयको बन्दी बनाएको भन्दै मेयर न्यौपानेले क्याम्पस व्यवस्थापन समितिको जिम्मा नगरले लिने र नगरबाटै समिति गठन गर्ने भनी माइन्युट लिएपछि उपस्थितले त्यसको विरोध गरे । वडा नं ७ का वडा अध्यक्ष रामचन्द्र नास्नानीले आफ्नो वडाको क्याम्पसको समस्या आफ्नै वडामा समाधान गर्ने र नगरमा माइन्युट लान नदिने बताए । नगर प्रमुखले नै नगर सभालाई राजनितिक रुपमा हस्तक्षेप गरेको उनीहरुको आरोप थियो । आफ्नो हस्तक्षेपकारी भूमिका असफल भए पछि मेयर न्यौपानेले क्याम्पसको निर्णय रजिष्टर सुरक्षाका कारण देखाउँदै पनौती प्रहरी चौकीका इञ्चार्ज हरिशरण बस्नेतको जिम्मा लगाउँदै क्याम्पस सभा स्थगित भएको समेत घोषाण गरेका थिए ।

    शिक्षा ऐनले क्याम्पसहरु स्थानीय निकायको पूर्ण अधिकार क्षेत्र भित्र नपर्ने व्याख्या गरेको भए पनि मेयर न्यौपाने लगायतको टिमले जबरजस्ती हस्तक्षेप गरी व्यवस्थापन समिति आफ्नो मातहतमा ल्याउन खोजेका कारण चरम विवाद उत्पन्न भएको इन्द्रेस्वर क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विश्वनाथ ताम्राकारले बताए । विधानले व्यवस्थापन समितिको समय अवधी सकिय पछि क्याम्पस सदश्यहरुको भेला गरी पून सोहि भेलाबाट समिति चएन गर्नुपर्ने व्याख्या गरेको भए पनि मेयर न्यौपानेले आफू खुशी विभिन्न व्यक्तिहरुको सहभागिता गराइ क्याम्पस माथि ठाडो हस्तक्षेप गर्न खोजेको आरोप लगाए ।

    त्रिभुवन विश्वविद्यालयको संशोधित विनियमावली २०७५ ले विधान अनुसार व्यवस्थापन समितिको समयावधि सकिएको भए पनि अर्को व्यवस्था नभएसम्मको लागि पुरानै समितिले काम गर्नेछ भन्ने व्यवस्था गरेको छ । विश्वविद्यालयको विनियमालीमा सो व्यवस्था भए पनि मेयर न्यौपानेले आफ्नै मातहतमा समिति गठन गर्न खोजेपछि विवाद आएकोले शिक्षा जस्तो आम नागरिकको सरोकार रहेको स्थानमा राजनिति गर्न नहुने स्थानीयहरुको सुझाव थियो ।

    शिक्षालय र औषधालय जस्ता निकायमा राजनीति नघुसेकै जाति भए पनि व्यवस्थापन समितिमै प्राज्ञिक भन्दा राजनीतिक छवि भएका व्यक्तिहरुलाई स्थान दिइदा भोलीका दिनमा क्याम्पसको शैक्षिक उन्नयनमा के अपेक्षा गर्ने ? त्यसमाथि जिल्लाको दक्षिणी भेगमा अवस्थित आशालाग्दो क्याम्पसमा यसरी स्थानीय सरकारका पदाधिकारीबाटै बारम्बार राजनीतिकरण र हस्तक्षेप हुँदा कस्तो शैक्षिक वातावरण बन्ला भन्ने चारैतिर चर्चाको विषय बनेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार