२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

नेकपामा हैकमवादी प्रवृत्ति : मन्त्री यादव


२६०७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २७, बुधबार मा प्रकाशित ४ साल अघि
  • सप्तरी । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आफ्नै पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा हैकमवादी प्रवृत्ति देखिएको टिप्पणी गरेका छन् ।

    सप्तरीको कञ्चनरुप नगरपालिकास्थित कञ्चनपुरमा मंगलबार सामाचकेवा महोत्सवको उद्घाटन गर्दै मन्त्री यादवले पार्टीको नेतृत्व तहबाट जग हसाउने काम भएको टिप्पणी गरे ।

    ‘पार्टीमा देखिएको हैकमवादी प्रवृत्तिलाई समाप्त पारेर व्यक्तिको पार्टी बनाउनेहरुले जनताको पार्टी बनाउनु जरुरी छ’ उनले भने । पार्टीलाई विधानअनुसार सञ्चालन गर्न आग्रह गर्दै उनले एकताद्ध बनाउन सबैमा आग्रह गरे ।

    सामाचकेवा पर्व भाइबहिनीको प्रेम र समाजिक एकताको पर्व रहेको चर्चा गर्दै उनले यसको संस्कृतिको जगेर्नाको साथै संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताए । अहिले संस्कृतिको नाममा विकृति फैलिएकोले यसतर्फ सचेत रहन समेत मन्त्री यादवले आग्रह गरे । अहिले खुलापनको नाममा छाडापन रोक्नलाई समाजका अगुवाहरुले ध्यान दिनुपर्ने बताउँदै उनले संस्कृति बिना मानव जाति अगाडि बढन नसक्ने बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार