२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पर्यटकलाई बन्धक बनाएर लुट्ले गिरोह पक्राउ


४३६४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २८, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । भारतीय पर्यटकलाई बन्धक बनाएर लुटपाट गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर–१२ का कांग्रेस नेता दिलबहादुर दोङसहित ८ जना छन् ।

    महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी सन्तोषसिंह राठौरले प्रारम्भमा १२ जनालाई पक्राउ गरिए पनि चार जनाको संलग्नता नदेखिएपछि छाडिएको बताए ।उनीहरुलाई प्रहरीले एक साता अघि पक्राउ गरेर चोरी, डाँका सम्बन्धी कसूरमा मुद्दा चलाए पनि घटनालाई गुपचुप राखिएको थियो ।

    अनुसन्धान अधिकृतका अनुसार दिल्लीबाट घुम्न आएको ६ जनाको समूहमा रहेका मध्ये ३ जनालाई उनीहरुले ट्याक्सीमा हालेर उत्तरढोकामा रहेको एउटा कोठामा बन्धक बनाएका थिए । त्यहाँ शारीरिक यातना समेत दिइएको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।

    पीडितले साँझ स्पाका लागि निस्किएका वेला अपहरणको शैलीमा लगेर करिब डेढ लाख रुपैयाँ भारु लुटिएको बताएका छन् । रकमसँगै मोबाइल पनि लुटिएपछि त्यही दिन भागेर उनीहरु भारततिर पुगेका थिए ।‘हामीलाई काठमाडौं छाडेनौं भने मार्दिन्छु भनिएको थियो’, जाहेरीमा भनिएको छ । गोरखपुर सीमामा पुगेपछि उनीहरुले नेपालमा रहेका एक परिचित व्यक्तिलाई फोन गरेका थिए ।

    उनले काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीलाई घटनाबारे बताएपछि महानगरीय प्रहरी वृत्त, दरबारमार्ग र सोह्रखुट्टेलाई अनुसन्धानका लागि निर्देशन दिइएको थियो । व्यक्ति पक्राउ परेपछि उनीहरुले नेपाल आएर जाहेरी दिएका थिए । यो समूह विदेशी पर्यटकको लुटपाटमा संलग्न पेशेवर गिरोह भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको डीएसपी राठौर बताउँछन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार