२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

मुद्धामा बयान फेर्नेलाई नगद ५ लाख र ५ कठ्ठा जाग्गा


२२१३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २८, बिहिबार मा प्रकाशित ४ साल अघि
  • रौतहट । राजपुर बम विस्फोट र घाइतेहरुलाई ईंटाभट्टामा जलाएको मुद्दा खेपिरहेका नेपाली कांग्रेसका सांसद मो. अफ्ताब आलमले सरकारी साक्षी एवं मृतकका आफन्तलाई वयान फेर्न आर्थिक प्रलोभन देखाएको प्रमाण भेटिएको छ ।

    बाह्र वर्षअघि बम विस्फोटमा घाइते भएका भारत सीतामढीका गौरीशंकर रामलाई आलमका मानिसहरुले अपहरण गरेर बन्धक बनाएको मंगलबार मात्र खुलेको थियो । गौरीशंकरलाई वयान फेरेर कागज गराएपछि आइतबार अदालतमा उपस्थित गराइएको थियो । यद्यपि उनले आफूलाई अपहरण गरिएको मंगलबार खुलासा गरे ।

    यसअघि विस्फोटमा मृत्यु भएकी भनिएकी ओसी अख्तरकी पत्नी अमना खातुनले पनि आफ्ना श्रीमान वैदेशिक रोजगारीमा गएको र नफर्किएको भन्दै शुक्रबार अदालतमा वयान फेरेर निवेदन दिएकी थिइन् । सरकारी साक्षीका रुपमा रहेका मृतकका आफन्त एवं विस्फोटनका घाइतेदे नै बयान फेर्न (होस्टाइल) चाहेको निवेदन लिएर धमाधम अदालतमा आउन थालेपछि प्रहरीले यसको गुह्य कुरो खोजी गर्दा ३६ मिनेट लामो एउटा सनसनीपूर्ण अडियो रेकर्ड फेला परेको छ ।

    उक्त अडियोमा आलमका मानिसहरुले अख्तरको परिवारलाई वयान फेर्न धम्की र प्रलोभन दिएको पाइएको छ । आलमका मानिसहरुले अख्तर परिवारसँग गरेको कुराकानीको ३६.५८ मिनेट लामो अडियोमा अख्तर परिवारलाई वयान फेरेवापत ५ लाख नगद र ५ कठ्ठा खेत दिने प्रलोभन दिइएको छ ।

    आलमलाई मन्त्री भन्दै सम्बोधन गरेका उनीहरुले आफूहरुले धम्की दिएको नभई सल्लाह गर्न आएको बताएका छन् । अख्तर परिवारसँगको भेटघाट र कुराकानीको सुरुमा आलमका मानिसहरु भन्छन्, ‘५ लाखमा हुन्छ ? चित्त बुझे हुन्छ, नबुझे हुँदैन भन्नू, तर कुरा चुपचाप राख्नू ।’

    उनीहरु भन्छन्, पहिले त्यहाँ (समसुलको घर, जो अख्तरका ससुरा हुन् र घाइतेहरुलाई ईंटा भट्टामा हालेको देखेको वयान दिने साक्षी हुन्) को वातावरण बुझ्नुपर्‍यो ।’पीडितबाट ‘हुन्छ’ भन्ने जवाफ नआएपछि उनीहरु अर्को कार्ड फाल्छन्, ५ लाख रुपैयाँ र ५ कठ्ठा खेत लेऊ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार