२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सिमा तलमाथि भए छिमेकी चिन्दैनौ, कांग्रेस


२३३८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २८, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ । नेपाली कांग्रेसका ९ जना नेताहरुले भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपालको भुमि लिपुलेक र कालापानी समेतलाई भारतीय भुमिमा पारिएको घ’टनाप्रति ग’म्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

    कांग्रेस नेताहरु डा चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना सेरचन, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरूराज घिमिरे र प्रदिप पौडेलले एक संयुक्त विज्ञप्ती निकाल्दै नेपालको अविभाज्य अंगलाई भारतको नक्सामा राख्ने तथा भूभाग मिच्ने अधिकार कसैलाई नभएको प्रष्ट पारेका छन् ।

    वक्तव्यमा नेताहरुले यस घटनामा नेपाल सरकारलाई तत्काल भारत सरकारसँग स्पष्ट कुरा गर्न आग्रह गरेका छन् । वक्तव्यमा भारतसँगै चीनको प्रसङग समेत उल्लेख गरिएको छ । वक्तव्यमा भनिएको छ, “शदियौंदेखि एक आपसका घनिष्ठ छिमेकीको रूपमा रहेका भारत र चीन दुवै देशले आपसी सद्भाव, भाइचारा, बन्धुत्व र मैत्रिपूर्ण सम्बन्धको धरातलमा उभिएर अन्तर्राष्ट्रिय नियम, प्रचलन र मान्यतालाई ख्याल गरि छिमेकी राष्ट्रहरूसँग सम्मानपूर्ण व्यवहार गर्नु पर्दछ भन्ने हाम्रो दृढ मान्यता छ ।’

    केही दिनअघि भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपालको भुमि लिपुलेक र कालापानी समेतलाई भारतीय भुमिमा पारिएको घटनाप्रति हाम्रो ध्यान गम्भीर रूपमा आकृष्ट भएको छ । सन् १८१६ मा नेपाल र अङ्ग्रेजशासित भारतबिच सम्पन्न सुगौली सन्धिले किटान गरेका महाकाली पूर्वका भूभागहरू नेपालका हुन भन्ने व्यहोराबाट ती सबै भूभागहरू नेपालका अविभाज्य अंग हुन भन्नेकुरा स्पष्ट हुन्छ ।

    यस धरातलीय यथार्थलाई नजरअन्दाज गर्नु कसैको पनि हितमा हुदैन । नेपाली भूभाग मिच्ने अधिकार कसैलाई छैन । हाम्रा पूर्खाहरुले ज्यानको बाजी लगाएर ठूलो बलिदानको मूल्यमा कायम राखेको सिमा तलमाथि गर्न खोज्ने जो कसैलाई नेपाली जनताले माफ गर्न सक्तैनन् । यस घटनाबाट अहिले ३ करोड नेपाली जनता स्तब्ध, दुःखी र आक्रोसित छन् ।

    नेपाल सरकारले यस दुखद घटनाका सन्दर्भमा भारत सरकारसँग स्पष्ट कुरा गर्नु पर्दछ । यस बिषयमा सरकारले बोलाएको सर्वदलीय बैठकलाई सकारात्मक सुरुवातका रूपमा लिदै पछिल्लो घटना लगायतका सिमा अतिक्रमणका अन्य स्थानहरूका बिषयमा समेत सार्थक, परिणाममूखी र दिगो समाधानका लागि प्रभावकारी कुटनीतिक पहल गर्नु पर्दछ भन्ने हाम्रो दृष्टिकोण रहेको छ ।

    शदियौंदेखि एक आपसका घनिष्ठ छिमेकीको रूपमा रहेका भारत र चीन दुवै देशले आपसी सद्भाव, भाइचारा, बन्धुत्व र मैत्रिपूर्ण सम्बन्धको धरातलमा उभिएर अन्तर्राष्ट्रिय नियम, प्रचलन र मान्यतालाई ख्याल गरि छिमेकी राष्ट्रहरूसँग सम्मानपूर्ण व्यवहार गर्नु पर्दछ भन्ने हाम्रो दृढ मान्यता छ ।

    शक्ति,बल र अभिमान प्रदर्शन गरि साना राष्ट्रहरूलाई थिचोमिचो र दुव्र्यबहार गर्न मानवता, दर्शन र हाम्रो सभ्यताले पनि हामी कसैलाई अनुमति दिदैनन भन्ने कुरा पनि स्मरण गराउन चाहन्छौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु: डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना सेरचन, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, प्रदिप पौडेल ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार