२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024

नेकपा पतनको दिशातर्फ अगि बढ्दै छ- डा.बाबुराम


२०२७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २८, बिहिबार मा प्रकाशित ४ साल अघि
  • राजन कार्की

     समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फेरि उठ्नै नसक्ने गरी पतनको दिशामा रहेको दाबी गरेका छन् । नेपाली कांग्रेस भने आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको उनको विश्लेषण छ । पार्टीको बिहीबार बसेको संघीय परिषद्को बैठकमा भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदनमा राजनीतिक शक्तिहरुको विश्लेषण गरिएको छ ।

    पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले नेकपा एकैसाथ ‘संसदवादी’ र ‘कम्युनिष्ट’ वन्ने अन्तरविरोधपूर्ण बाटोमा अग्रसर भएको बताएका छन् । पार्टी स्थापनाकालीन मान्यता, सिद्धान्त र उद्देश्यहरु विश्वव्यापी रुपमा असफल भएपछि नेपालको कम्युनिष्ट आन्दोलन कुहिरोको कागजस्तो बन्न पुगेको भन्दै उनले भनेका छन्, ‘एकातिर उनीहरुले माक्र्सवाद–लेनिनवाद–माओवादप्रति शाब्दिक निष्ठा व्यक्त गर्न छोडेका छैनन् । अर्कोतिर यी विचारको सान्दर्भिकता र प्रयोगबारे उनीहरुमा व्यापक अन्यौल, अविश्वास, निराशा र हिनताभाष छ ।’

    नेपालको कम्युनिष्ट आन्दोलन नै वैचारिक रुपले अध्याँरो सुरुङभित्रको यात्रा गरिरहेको भट्टराईको विश्लेषण छ । नेकपाबारे उनको प्रतिवेदनमा भनिएको छ, एकातिर लोकतन्त्रप्रतिको आफ्नो निष्ठामा शंका नगर्न अनुनय विनय गर्दछन् अर्कोतिर ‘कम्युनिष्ट–कम्युनिष्ट’ को नाममा सामिप्यता र आडभरोसा खोज्न पनि छोडेका छैनन् । एकदलीय सर्वहारा राज्य वा कम्युन प्रणालीलाई मौका पर्ने वित्तिकै गौरवीकरण गर्दछन् ।’

    दार्शनिक, वैचारिक रुपमा अन्यौलग्रस्त र नैतिक रुपमा स्खलित भइसकेको पार्टी संगठनात्मक रुपमा मात्र लामो समय बलियो भइरहन नसक्ने उनको दाबी छ । भट्टराईले भनेका छन्, आउँदा केही बर्ष वा दशकभित्र नेकपा भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा अभिमुख छ ।’ नेकपाको राजनीतिक व्यवहार र नेकपाले सञ्चालन गरिरहेको सरकारले यही कुरा पुष्टि गरिरेको उनले बताएका छन् ।

    पार्टीका ठूला नेताहरु भ्रष्टाचार तथा नैतिकपतनका घटनामा मुछिएको, शिक्षा र स्वास्थ्यको व्यापारीकरण रोक्न नसकेको, सम्पति शुद्धीकरण आयोगलाई निस्क्रिय बनाएको तथा ठूला आयोजनाहरु विना टेन्डर सिधै सम्झौता गरेको भन्दै उनले भनेका छन्, यसको भित्री रहस्य कालो धन र कमिसनतन्त्रसँगको साँठगाँठ हो भन्ने कुरामा कुनै शंका छैन ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार