२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

निजामती कर्मचारीको उमेर हद ६० वर्ष


३२१८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २९, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । निजामती कर्मचारीको सेवा अवधि दुई वर्ष थपिने भएको छ । संसदको राज्य व्यवस्था समितिले कर्मचारीको अवकास उमेर हद ६० वर्ष बनाउने निर्णय गरेको हो । तर यो हरेक वर्ष ६/६ महिना थपिनेछ र संघीय निजामती सेवा ऐन कार्यान्वयनमा आएको चार वर्षपछि मात्र पूर्ण रुपमा लागू हुने गरी कानूनी व्यवस्था गर्ने समितिको निर्णय छ ।

    निजामती सेवा ऐन २०४९ मा कर्मचारीको उमेर हद ५८ वर्ष छ । एउटै ढुकुटीबाट तलबभत्ता खाने सरकारी कर्मचारीहरुको उमेर हद फरक-फरक भएको भन्दै एउटै बनाउने पहल हुँदै आएको थियो ।

    यद्यपि साविकको जस्तै संघीय निजामती सेवा विधेयकमा निजामती सेवाका कर्मचारीको अनिवार्य अवकाशको उमेर ५८ तोकिएको थियो । तर, त्यसलाई राज्य व्यवस्था समितिको बैठकले सच्याउँदै ६० वर्ष राख्ने निर्णय गरेको छ । अब यो संसदबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउने छ ।

    लोक सेवा आयोगले सरकारलाई सबै कर्मचारीहरुको अवकाशको उमेर हद ६० वर्ष कायम गर्न सुझाव दिएको थियो । लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले निजामती कर्मचारीहरुको उमेर हद ६० वर्ष तोकिनु सकारात्मक भएको बताए ।

    निजामती सेवा मातहत ल्याइएको स्वास्थ्य सेवाका कर्मचारीहरुको उमेर हद पनि ६० वर्ष छ । संसद सेवाका कर्मचारीहरुको उमेर हद पनि ६० नै छ । तर न्यायाधीशहरुले भने ६५ वर्ष नपुगेसम्म जागिर खान पाउँछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार