२०८१ भाद्र ३१, सोमबार | Mon, 16, Sep, 2024

प्रधानमन्त्री ओली उपचारको लागि आज ग्राण्डी जादै


२७५८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक ३०, शनिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि आज पुन: ग्रान्डी अस्पताल जाने भएका छन् । उनले हिजो बसेको मन्त्रिपरिषद् बैठकमा ‘फलोअप’ का लागि अस्पताल जान लागेको जानकारी गराएका छन् । मिर्गौलामा राखिएको स्टेन्ट निकाल्नुपर्नेछ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘डाक्टरहरूले बोलाएका छन्, अरू जाँच पनि हुन्छ होला ।’

    सामान्यतया मिर्गौलाबाट पिसाब बाहिर निस्किने बाटो साँघुरो हुँदा स्टेन्ट हाल्ने गरिन्छ । यसले पिसाब नलीलाई खुला राख्न मद्दत गर्छ । गत कात्तिक १२ र १३ गते डायलसिस गर्दा ओलीको मिर्गौलामा उक्त स्टेन्ट हालिएको थियो । त्यसपछि उनी डाक्टरहरूको नियमित निगरानीमा रहे पनि अस्पताल गएका थिएनन् । आज मिर्गौलाबाट स्टेन्ट निकालिनुका साथै अरू नियमित जाँच पनि हुने छ ।

    ग्रान्डी अस्पतालमा उपचार गरेर फर्किएपछि उनको फेरि डायलसिस गर्नुपरेको छैन । सुरुमा नियमित डायलसिस गर्नुपर्ने बताइए पनि पछि उनको स्वास्थ्यमा सुधार आएको भन्दै आवश्यक परेका बेला मात्रै डायलसिस गरे हुने राय चिकित्सकहरूले दिएका थिए । प्रधानमन्त्री ओली स्वयं भने लगातार डायलसिस गरिरहनुभन्दा फेरि मिर्गौला प्रत्यारोपण गर्ने पक्षमा भएकाले उनका निकटस्थ र चिकित्सिकहरूले त्यही विषयमा परामर्श गरिरहेका छन् । ‘तत्कालका लागि स्वदेशमै उपचार गर्ने र मंसिर १४ को उपचुनाव सकिएलगत्तै थप उपचारका लागि विदेश जाने मनस्थितिमा प्रधानमन्त्रीज्यू हुनुहुँदो रहेछ,’ शुक्रबारको मन्त्रिपरिषद् बैठकपछि एक मन्त्रीले भने ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार