२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

आर्थिक र मित्र एकै ठाउमा, सहकारीको मिलनले उत्पादन मुलक क्षेत्रमा लगानी हुन्छ-लुईटेल


३२०१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक ३०, शनिबार मा प्रकाशित ४ साल अघि
  •  आई.आर.के मैनाली

    पाँचखाल/विगत १३ बर्षदेखि पाँचखाल र आसपासको स्थानलाई आफ्नो कार्य क्षेत्र बनाउंदै अगि बढेको आर्थिक विकास बचत तथा ऋण सहकारी संस्था र विगत २३ बर्षदेखि काभे्र जिल्लाभर कार्यक्षेत्र बनाएर अगाडी बढेको मित्र वचत तथा ऋण सहकारी संस्था एकिकरण भएको छ ।

    पाँचखाल नगर सहकारी बिभागका शंयोजक एवं पाँचखाल वडा नं ८ का वडा अध्यक्ष पुष्कर ढकालको प्रमुख आतिथ्यतामा शनिबार पाँचखालमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि ढकालले दुई सहकारी एक भएर अगाडी बड्दा पाँचखाल र आसपाको हित हुने ठोकुवा गर्नुभयो । सरकारले लिएको तीन खम्बे नीति अनुसार सहकारीको विकासको लागि आफुले सक्दो सहयोग गर्ने बताउनु भयो । आजबाट एकिकरण भएको दुई सहकारी विगतमा पनि सहकारीको मर्म र भावना अनुसार अगाडी बढेकोले आगामी दिनमा थप व्यवस्थित ढंगबाट संञ्चालन हुनेमा आफु विश्वस्त भएको बताउनु भयो ।

    कार्यक्रमका बिषेश अतिथि पाँचखाल नगर समन्वय समितिका शंयोजक विद्यालक्ष्मी देउजाले सहकारीहरु जन्मिनु, स्थापना हुनु साथै बचत तथा ऋणको कारोवारमा मात्रै संञ्चालन हुनु ठुलो कुरो नभएको बताउनु भयो । उहाँले थप्नुभयो सहकारीको मुल्य मान्यता साथै सामाजिक कार्यमा समेत निरन्तरता दिनु ठुलो बिषय रहेको बताउनु भयो । बचत तथा ऋणको कारोबारका साथै सामाजिक क्षेत्रमा समेत निरन्तर अगाडी बढेको दुई संस्था विचको एकताले सहकारी क्षेत्रमा कोशेढुंगा सावित भएको बताउनु भयो ।

    कार्यक्रममा आर्थिक विकास बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष ईश्वरी राजकुमार मैनालीले समान उद्देश्यका साथ संञ्चालन भएको दुई सहकारीको एकताले सहकारी क्षेत्रमा नमुना सावित भएको बताउनु भयो । दुई सहकारीको एकताले गर्दा आगामी दिनहरुमा शेयर सदस्यको साथै समाजकै हितको खातिर कार्य गर्न सहज हुने बताउनु भयो । विगतमा दुवै संस्थाले सहकारी क्षेत्रमा छुटै ढंगको पहिचान कायम गराउन सफल भएको संस्थाहरु विच एकता हुनु नै सहकारी क्षेत्रमा सकारात्मक शंदेस भएको बताउनु भयो ।

    त्यसैगरी संस्थाका सल्लाहकार दामोदर अधिकारीले आपसी सुझ वुझ र व्यवस्थापनको साथमा अगाडी बढेको दुई सहकारीहरुको एकताले सामाजिक हितको लागि समेत टेवा पुग्ने बताउनु भयो । आगामी दिनमा सहकारीको भावना मर्म अनुसार अगाडी बढ्दै उदाहरणिय कार्य गरी नमुना ढंगको सहकारीको रुपमा अगाडी बढ्दै अन्य सहकारीहरुलाई समेत राम्रो मार्गमा डोहो¥याउन सफल हुनुपर्ने धारणा राख्नु भयो ।

    कार्यक्रममा सल्लाहकार रामशरण लुईटेलले भन्नुभयो, “सरकारले गाउं गाउंमा सहकारी घरघरमा रोजगारी भन्ने अवधारण लिएको थियो, विडम्बना घरघरमा सहकारी बिदेशमा रोजगारी हुन पुग्यो ”। पछिल्लो समयमा आएर सरकारले सहकारीहरुलाई एकताको मालामा समेट्दै लाने अवधारण ल्याएको छ , सोही अनुसार आर्थिक कारोवारको साथमा समाजिक हितको लागि समेत निरन्तर अगाडी बढ्दैै आएका दुई सहकारीको मिलनले भावि दिनहरुमा उत्पादन मुलक क्षेत्रमा लगानी गर्दै सेवा मुलक ढंगबाट अगाडी बढ्नेमा कुनै शंका नरहेको बताउनु भयो ।

    आर्थिक विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सरोज सापकोटाको सभापतित्वमा सम्पन्न उक्त घोषणा सभामा मित्र बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बद्रीनाथ लुंइटेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने संस्थाका सचिव बाबुकाजी पराजुलीले कार्यक्रम संञ्चालन गर्नु भएको थियो ।

    दुवै सहकारी एकिकरण पश्चात आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था नामाकरण भएको छ । एकिकरण पश्चात सम्पन्न सभाबाट सरोज सापकोटाको अध्यक्षमा नयाँ संञ्चालक समितिको गठन भएको छ । जसको उपाध्यक्ष द्वयमा सत्यवती भट्टराई र बाबुकाजी पराजुली रहनु भएको छ । सचिवमा नारायण प्रसाद ढुंगाना, कोषाध्यक्ष राजन कार्की रहनु भएको छ । सदस्यहरुमा अप्सरा सिपखान, शुसिला (नेपाल) सापकोटा, निरञ्जन अधिकारी, दामोदर दुलाल, लोककुमारी लुंइटेल, सविना पराजुली, बालकृष्ण सापकोटा, रामप्रसाद कोईराला, बैंकुण्ठ न्यौपाने, रामेश्वर सापकोटा, बिष्णुप्रसाद पराजुली, र कमला दनुवार रहनु भएको छ ।

    त्यसैगरी प्रभुराम कोईरालाको संयोजकत्वमा गठित लेखा तथा सुपरिवेक्षण उप समितिका सदस्यहरुमा जान्दवि अधिकारी, रामकृष्ण बोलखे, बद्रीप्रसाद आचार्य र रोषन बोलखे रहनु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार