२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पानीको अभावलाई सहज गर्न मण्डनमा डिप बोरीङ


३८४५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक ३०, शनिबार मा प्रकाशित ४ साल अघि
  • काभ्रेपलान्चोक/मण्डनदेउपुर नगरपालिका वडा नम्बर ११ मा लामो समय खानेपानीको समस्या रहेको राम्चे गाउँमा खानेपानीको समस्या डिपबाेरिङबाट हल भएको हाे । वर्षाैंदेखि खानेपानीकाे समस्या भाेग्दै आएका स्थानिय घर घरमा खोपानीको धारा पुगे संगै हर्षित भएका छन् । हामीलाई बिगतमा खानेपानीको लागि धेरै समय खर्चगर्नु परेको थियो अहिले त्यो समय अन्य खेति किसानमा काम लागेको स्थानिय नारायण सापकोटाले बताए । हाम्रो आमा दिदि बहिनी सबैले खानेपानीको लागि राती नै उठेर जानुपरेको समयलाई समेत घरमै पानी ल्याएपछि हल भएको सापकोटाले बताए ।

    वडा नं ११ राम्चेका एक सय ३ घर धुरिलाई डिपबोरिङ बाट पानि निकालिएर बितरण गर्न थालेकाछन् । कुल ५७ लाखको आयोजनामा स्थानियहरुलाई पानिको ब्यवस्थापन गरिएको हो । लामो समय देखि खानेपानीको अभाव रहेको उक्त गाउँको खानेपानीको लागि वडा कार्यलय नगरपालिकाले बजेटको ब्वस्थापन गरेर खोनपानी डिपबोरिङ गरेर भएपनि पानी खुवाउन सफल भएको वडा अध्यक्ष माधब न्यौपानेले जानकारी दिए ।

    हामीले प्रदेश सरकार, संघ सरकार र स्थानिय सरकारको सहयोगमा राम्चेका सबै घरधुरिहरुलाई खानेपानी बितरण गर्न सफलभएको वडा अध्यक्ष न्यौपानेले बताए ।
    एक घर एक धारा समुदायमा बितरण गरे संगै स्थानियहरुले स शुल्करुपमा खानेपानी उपभोग गर्न पाउनेछन् । ६ युनिट सम्मा ४० रुपैया १५ युनिट सम्माम ५० रुपैया र ७५ युनिट सम्म पानी प्रयोग गरेमा ७५ रुपैया उपभोक्त समितिले लिने गर्ने निर्णय गरेको उपभोक्त समितिका अध्यक्ष मोकुन्द प्रसाद सापकोटाले जानकारी दिए । हामीले सुरुवातमा प्रति धर धुरि ६ हजार रुपैया संकलन गरि यो आयोजना सुरु गरिएको सापकोटाले बताए ।

    शनिबार प्रदेश सभा ३ का सांसद लक्ष्मण लम्सालको प्रमुख आतिथ्यमा एक घर एक धारा खानेपानीको बितरण गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै सांसद लाम्सालले जनताको अति आवश्यकताको रुपमा रहेको खानेपानीलाई सबैको सहयोगमा ल्याउन सफल भएको बताए । यहाँको खानेपानीको लागि सबै क्षेत्र संग सहयोग लिएर निर्वाचनको समयमा गरिएको प्रतिवद्धता अनुसारनै काम गरिरहेको र सबै क्षेत्र मण्डन भेगको खानपानिको लागि संघ सरकार र प्रदेश सरकार मार्फत काम गरिरहेको सांसद लम्सालले बताए । मण्डन देउपुर नगरपालिकाले गएको दुई आर्थिक बर्षमा मात्र खानेपानी आवश्यकता रहेको पैतिस सय घर धुरिलाई एक घर एक धारा अन्र्तगत खानेपानी दिन सफल भएको मडनदेउपुर नगरपालिका प्रमुख मेयर टोक बहादुर वाईवाले बताए । हामीले जनताको खानेपानीको लागि कुनैपनि कसुर बाँकी नराखेर नगरले पानी खुवाउने काम गरिरहेको मेयर वाईवाले बताए ।

    कार्यक्रममा नगरपालिका उपमेयर निर्माण शाही,प्रमुख प्रसाशकिय प्रमुख प्राणनाथ न्यौपाने, स्थानिय समाजसेबी बिदुर सापकोटा, दिपेन्द्र लामा लगायतले मन्तब्य राखेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार