२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पुर्व मन्त्री आलम जेल चलान भएपछि किरिया गर्ने तयारी


२४५९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १, आईतबार मा प्रकाशित ४ साल अघि
  • रौतहटको राजपुरमा बम विस्फोटपछि घाइते भइ इँटा भट्टामा जिउँदै हालेर जलाइएका त्रिलोक प्रताप सिंहका बुवाले न्याय मिलेको बताएका छन्।

    छोरालाई जिउँदै जलाएको अभियोगमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनका बुवा श्रीनारायण सिंहले यस्तो बताएका हुन्।

    ‘इँटा भट्टामा हालेर जिउँदै मारिएको छोरोबारे झुटो बोल्न लगाइयो’, अदालतमा परिसरमा उनले भने, ‘अब भारतको बनारसमा गएर छोराको काजकिरिया गर्छु।’ बम विष्फोटको घटनामा मुख्य अभियुक्तका रुपमा पक्राउ परेका रौतहट क्षेत्र नं. २ का सांसद आफताब आलमलाई जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासले शुक्रबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

    पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते भएको बम विष्फोटमा सामान्य घाइते त्रिलोकसहित २३ जनालाई जिउँदै भट्टामा हालेर मारेको अभियोग लागेको थियो।  आलमका काका नेपाली कांग्रेसका पुराना नेता तथा पूर्वमन्त्री शेख इद्रिसको घरमा बम बनाउने क्रममा विस्फोट भएको थियो । आलम त्यतिबेला रौतहट–२ मा कांग्रेसको तर्फबाट उम्मेदवार थिए। तत्कालीन राजपुरफरहदवा गाविस–४ स्थित आलमको घरछेवैको इद्रिसको घरमा विस्फोट हुँदा केही युवा घाइते भएका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार