२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नमुना विद्यालयको लागि आजादको गुरु योजना


५५०७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १, आईतबार मा प्रकाशित ४ साल अघि
  • देवभूमी/काभे्र जिल्लाको साविक देवभूमि बालुवा (हाल पाँचखाल नगर वडा नं १२) मा रहेको आजाद माध्यमिक विद्यालय, ३ नं प्रदेश सरकार, सामाजिक विकास मन्त्रायलको मुल्याङ्कनको आधारमा नमुना विद्यालय विकासको लागि छनोट भएको छ ।

    ३ नं प्रदेशमा रहेको विद्यालयहरु मध्यबाट १० विद्यालय छनोटमा परेकोमा काभे्र जिल्लामा दुई विद्यालय नमुना विद्यालय विकासको लागि छनोटमा परेको हो । जसमा पाँचखाल नगरपालिका वडा नं १२ मा रहेको आजाद माध्यमिक विद्यालय र चौरी देउराली गाउंपालिकामा रहेको खाँडादेवि माध्यमिक विद्यालय रहेको छ ।

    आजाद माध्यमिक विद्यालय नमुना विद्यालय विकासको लागि छनोट भएपछि एक कार्यक्रमको आयोजना गरी गुरु योजना निर्माण भएको छ । पाँचखाल नगरपालिकाका उप—मेयर लक्ष्मी दनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पाँचखाल नगर शिक्षा शाखा प्रमुख दिनानाथ पन्थि , पुर्व प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु,पाँचखालका विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, शिक्षा सेवी, विद्यालयमा अध्ययनरत विद्यार्थीहरु, समाजसेवी लगाएतको उपस्थितिमा गुरु योजना निर्माण भएको थियो ।

    उक्त कार्यक्रममा प्रमुख अतिथि उप—मेयर दनुवारले समय सापेक्ष आधुनिक शिक्षाको साथै प्राबिधिक शिक्षाको लागि नगरपालिकाको तर्फबाट पुर्ण रुपमा सघाउने बताउनु भयो । उहाँले थप्नुभयो विगत लामो समयदेखि आधुनिक शिक्षा प्रदान गर्दै आएको आजाद माध्यमिक विद्यालय प्रदेश नं ३ सामाजिक बिकास मन्त्रालयले गरेको मुल्यांकन अत्यन्त राम्रो तरिकाले गरेको बताउनु भयो । आजाद माध्यमिक विद्यालय प्रदेश स्तरीय नमुना विद्याययको रुपमा मात्र नभई मुलुककै नमुना विद्यालय बनाउने बिषयमा सवै पक्ष एकजुट हुनुपर्ने बताउनु भयो ।

    कार्यक्रममा जिवन दर्शन वहुमुखि क्याम्पसका प्राध्यापक जगननाथ अधिकारीले आजाद वास्तवमै पाँचखाल र आसपासको विद्यालयहरुको तुलनामा विगत देखिनै नमुन विद्यालयको रुपमा अगाडी बढेको वताउनु भयो । हाल आएर ३ नं प्रदेशको १० नमुना विद्यालय मध्य एक हुन सफल भयो, यस्तै तरिकाले अगाडी बढ्दै जाँदा मुलुककै नमुना विद्यालय हुने ठोकुवा गर्दै आजादले पहिल्याएको मार्ग अरु विद्यालयहरुको लागि समेत अनुकरणिय रहेको वताउनु भयो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर दनुवारको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका शिक्षक बैकुण्ठ प्रसाद न्यौपानेले संञ्चालन गरेको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रल्हादप्रसाद तिमल्सिनाले स्वागत मन्तव्य राख्दै कार्यक्रमको वारेमा प्रकास पार्नुभएको थियो । सहभागि हरुले छ्ट्टा छुट्टै समुह बनाएर गुरु योजनाहरु प्रस्तुत गर्नुभएको थियो । जसमा विद्यालयका पुर्व प्रधानाध्यापक ध्रुव प्रसाद ढुंगानाले दिर्घकालिन सोचका साथ गुरुयोजना प्रस्तुत गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार