२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सडक दुर्घटना पिडितहरुको सम्झना दिबश


२६९३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १, आईतबार मा प्रकाशित ४ साल अघि
  • धुलिखेल/सडक दुर्घटना पिडितहरुको सम्झनामा ‘बिश्व सम्झना दिबश’बिभिन्न कार्यक्रमहरुका बीच सम्पन्न भएको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक, सुरक्षित र दिगो यात्रा नेपाल, भकुण्डे जेसिस, नेपाल अटोमोवाइल एसोसियसनको संयुक्त आयोजनामा धुलिखेल नगरपालिका स्थित सरस्वती बजार र नमोबुद्ध नगरपालिका स्थित भकुण्डेबेशी चोकमा बिबिध कार्यक्रम आयोजना गरेर दिबश मनाइएको हो ।

    कार्यक्रममा बिभिन्न संघ संस्थामा आबद्ध ब्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।प्रमुख जिल्ला अधिकारी श्रबण कुमार तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सडक सुरक्षासँग सम्बन्धित श्रब्यदृष्य सामाग्रीहरुका साथै गत आ.ब.मा सडक दुर्घटनामा परी ज्यान गुमाएका २ हजार ७ सय ८९ जनाको सम्झनामा तथा दुर्घटनामा घाईते र अंगभंग भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दिप प्रज्वलन समेत गरिएको थियो ।

    कार्यक्रममा मन्तब्य राख्नुहुदै कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी श्रबण कुमार तिमिल्सिनाले नेपालमा प्रत्येक बर्ष हजारौंको संख्यामा सवारी दुर्घटना हुने गरेको, जसमा बर्षेनी करिब ३ हजार मानिसहरुले सवारी दुर्घटनामा परी ज्यान गुमाउने गरेको तथा यस प्रकारका दुर्घटनाहरुको मुख्य कारण सवारी नियमको उल्लंघन नै हो तसर्थ सडक प्रयोगकर्ता बढी सजग र सचेत हुनुपर्छ भन्नुभयो ।

    त्यस्तै कार्यक्रमका अतिथि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले जबसम्म ट्राफिक ब्यवस्थापन गर्न सरोकारवाला निकायहरु गम्भीर बन्दैनन्, प्रहरीको पहलबाट मात्र यत्रो बिकराल समस्या समाधान हुने सम्भावना कम छ, असुरक्षित सडकलाई सुरक्षित बनाउन तथा सडक प्रयोगकर्ताले निर्धक्कसँग सडक सवारीको उपभोग गर्न सक्ने अबस्थाको श्रृजना गर्न सम्बद्ध सबै सरोकारवाला निकायहरुको ध्यान जानु जरुरी देखिन्छ, अझै पनि सरोकारवाला निकायहरु सडक सुरक्षाका क्षेत्रमा उदासिन रहने हो भने अरु धेरै नागरिकहरु अकालमा मृत्यु बरण गर्न बाध्य हुनेछन् भन्दै ट्राफिक नियमको पालना गर्दै आफ्नो गन्तब्य तय गर्न समस्त सडक प्रयोगकर्ताहरुमा आग्रह समेत गर्नुभयो ।

    नेपाल प्रहरीको तथ्यांकमा अव्यवस्थित सडक र ट्राफिक व्यवस्थापनको अभावमा सडक दुर्घटनाबाट गत आ.ब.मा २ हजार ७ सय ८९ जनाले ज्यान गुमाएका छन् । १४ हजार वढि घाईते र अबौंको भौतिक क्षती भएको छ । नेपालभर ट्राफिक नियम उल्लंघन तथा सडकको दुरावस्थाकै कारण भएका सबारी साधन दुर्घटनामा दैनिक सरदर ८ जना वढीले ज्यान गुमाउँदै आएका छन् ।

    समयमै ट्राफिक व्यवस्थापनबारे गम्भीर नबन्ने हो भने ट्राफिक समस्या राज्यको नियन्त्रण बाहिर जानसक्छ । स्थानीय विकास, भौतिक योजना तथा निर्माण र श्रम तथा यातायात व्यवस्था मन्त्रालय गम्भीर बन्नुपर्ने देखिन्छ । भौतिक पुर्वाधारको अभाव, वैज्ञानिक उपकरण कमी, सवारी चालक र सडक प्रयोगकर्ताको मिचाहा प्रवृत्ति तथा जनशक्तिको अभावले ट्राफिक व्यवस्थापन गर्न कठिनाई भएको छ । भत्केका खाल्डाखुल्डी मर्मत, सडकका पेटीमा राखिएका अनधिकृत फूटपाथ पसल नियन्त्रण, सबारी गुड्ने सडकका दायाँबाया भागमा निर्माण सामाग्री राख्न प्रतिवन्ध तथा ‘पकेट पार्किङ’को व्यवस्था लागू गर्न सके तत्कालका लागि ट्राफिक ब्यवस्थापनमा सुधार आउनसक्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार