२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

२० हजार डिजेल सहितको ट्याङकर अपहरन


६११३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर ३, मंगलबार मा प्रकाशित ४ साल अघि
  • बाराको अम्लखेगन्जबाट विराटनगरका लागि छुटेको ट्यांकर अपहरणमा परेको छ । आइतबार राति १ बजे सिराहाको लाहानको मुख्य पूर्वपश्चिम राजमार्गको हुलाक कार्यालय अगाडिबाट ना ४ ख ४१६३ नम्बरको ट्यांकर अपहरणमा परेको नेपाल आयल निगमको विराटनगर डिपो प्रमुख अशोक साहले नवशंकेत अनलाइनलाई बताए ।

    ढुवानीकर्ता राजेशकुमार गुप्ताको नाममा रहेको उक्त ट्याकंर राजमार्ग छेउमा रोकेर चालकहरु आराम गरेको बेला राति १२ देखि १ बजेको बीचमा अपहरणमा परेको डिपो प्रमुख साहले बताए । ट्यांकर अपहरणमा परेको कुरा चालकले मंगलबार बिहान १० बजे कार्यालय समयमा आएर बताए । मोरङ र सिराहा प्रहरीसंग समन्वय गरेर अपहरणमा परेको ट्यांकरबारे खोजी थालिएको प्रमुख साहले जानकारी दिए ।

    उक्त ट्यांकर मंसिर एक गते दिउँसो दुई बजे २० हजार लिटर डिजल लिएर अमलेखगञ्जबाट विराटनगरतर्फ जाँदै थियो । विराटनगर डिपो प्रमुख अशोक साहका अनुसार आइतबार राति खाना खाएर ट्याकंर चालक रामदेव यादव र सह चालक उमेश यादव ट्यांकरमा सुतेका थिए । मुखमा पट्टी बाँधेर आएका ६/७ जना नकाबधारी समूहले उनीहरुको आँखामा पट्टी बाँधेर जीपमा राखेर बर्दिबास र लालबन्दीबीचको जंगलमा छोडेर डिजल भरिएको ट्यांकर लिएर भागेका हुन् ।

    नेपाल आयाल निगमले ट्याकंर अपहरण प्रकरण छानबिन गर्न विराटनगर डिपो प्रमुख अशोक साहको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको छ । समितिमा अमलेखगन्ज डिपो, विराटनगर ढुवानी व्यवसायीका प्रतिनिधि र आयल निगमको केन्द्रीय कार्यालयका एक एक जना प्रतिनिधि तोकिएका छन् । उनीहरुलाई प्रतिवेदन बुझाउन एक साताको समय दिइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार