२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आज मन्त्री मण्डल हेरफेर हुने


४१३२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर ४, बुधबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले बुधबार मन्त्रिमण्डल हेरफेर गर्ने संकेत गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले नयाँ कदम चाल्न लागेको भन्दै बुधबार मन्त्रीहरुलाई कुनैपनि औपचारिक कार्यक्रम नराख्न सुझाव दिएका छन् ।

    मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन शब्द प्रयोग नगरेपनि आफू नयाँ ढंगले अघि बढ्न लागेको भन्दै अहिलेसम्म साथ दिएकोमा मन्त्रीहरुलाई धन्यवाद दिएका थिए । तर कुन मन्त्री रहने र को बाहिरिने भन्नेबारे स्पस्ट भएको छैन ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल हेरफेर गर्नेबारे ब्रिफिङ गरेको बताए । यद्यपि बाँस्कोटा यसबारे थप बोल्न चाहेनन् । आज, बुधबारै बिहान सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्दैछ । बैठक लगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार