२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

रासायनिक मल हिनामिनाको आरोपमा हाकीम सहित अख्तियारको फन्दामा


५७६२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर ४, बुधबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड अञ्चल कार्यालय विराटनगरका तत्कालिन कार्यालय प्रमुख नविनचन्द्र झासहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।

    साल्ट ट्रेडिङ कर्पोरेशनको गोदाममा राखेको रासायनिक मल हिनामिना गरेको आरोपमा झासहित भण्डारण प्रमुख दिलचन्द्र राई र जुनियर सहायक खगेन्द्र वस्नेतविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

    अनुसन्धानको क्रममा १९ लाख ७ हजार ३ सय ५० रुपैयाँ बराबरको रासायनिक मल अनियमित तरिकाले गोदामबाट विक्री वितरण गरिँदा समेत प्रमुख झाले जिम्मेवारी वहन नगरेको पाइएको कोइरालाले बताए ।

    तत्कालीन प्रमुख सहायक राईले आफ्नो जिम्मामा रहेका रासायनिक मल अनियमित तरिकाले बिक्री वितरण गरेको र वस्नेतले समेत पदीय दायित्व पूरा नगरी भ्रष्टाचार गरेको पाइएकोले सो रकम बराबरको विगो दाबीसहित तीनै जना विरुद्ध बुधबार मुद्धा दायर गरिएको उनले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार