२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मन्त्री मण्डल पुनरगठनका नयाँ अनुहार


५२५० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर ५, बिहिबार मा प्रकाशित ४ साल अघि
  • प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । सरकार गठन भएको २१ महिनामा प्रधानमन्त्री ओलीले केही मन्त्रीलाई हटाउँदै र केही मन्त्री थप्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन ।

    केही मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ ।  पुनर्गठन गरिएको मन्त्रिपरिषद्का सदस्यहरुको सूची राष्ट्रपति कार्यालयमा पठाइएको छ ।

    को-को बने नयाँ मन्त्री ?

    राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री ओलीले बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी, पार्वत गुरुङ, मोती दुगडलाई मन्त्री नियुक्त गरेका छन् । यस्तै लेखराज भट्ट र रामेश्वर राय यादव पनि मन्त्री भएका छन् । नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय दिइएको छ । भुसाल कृषिमन्त्री भएका छन भने हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् ।

    उद्योगपति दुगडलाई उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनाइएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा पार्वत गुरुङलाई बनाइएको छ । भट्टले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन् भने राय यादव श्रम मन्त्री बनेका छन् ।

    यथावत रहेका मन्त्री

    राष्ट्रपति कार्यालयका अनुसार उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बाँस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत रहको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार