२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सिमानामा जान तयार छौँ’ : नेपाली सेना


६५९८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर ८, आईतबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । सरकारले सीमा सुरक्षाका लागि खटिन आदेश दिए जुनसुकै बेला सीमा सुरक्षामा जान तयार रहेको नेपाली सेनाले बताएको छ ।

    भारतीय पक्षले नेपालको लिपुलेक, लिम्पियाधुरा, सुस्ता क्षेत्र अ’तिक्रमण गरेको खबर सार्वजनिक भए सँगै नेपाली सेनाले देशको सार्वभौमिकता र अखण्डतालाई अक्षुण राख्न स’दैव तयार रहेको बताएको हो ।मन्त्री परिषद्को निर्णयअनुसार अ’स्थाई निर्देशनालय स्थापना गरी सीमा समन्वय महाशाखा, सर्वेक्षण महाशाखा र सन्धी–सम्झौता अध्ययन तथा अनुसन्धान महाशाखा स्थापना गरेको सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।

    प्रवक्ता पाण्डेले विभिन्न सञ्चारमाध्यमहरुमा नेपाली सेना सीमानामा भन्ने समाचार आएको भएपनि हालसम्म सरकारबाट कुनै निर्देशन नआएको बताउनुभयो । सरकारबाट निर्देशनालयको पदपूर्तीका लागि दरबन्दीसमेत कायम नगरिएको प्रवक्ता पाण्डेको भनाइ छ । त्यस्तै उता बाराका युवाहरुले शनिबार नेपाल–भारत सीमास्तम्भमा उ’भिएर नेपाल राष्ट्रिय गान गायका छन्। सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली…राष्ट्रगान गाएपछि भारतीय सुरक्षाकर्मीले असन्तुष्टि जनाएका छन्। भारतीय सीमा सुरक्षा बल (एसएसबी) तीन जवान सीमामा मन्दिर बनाउन आएको खबर आएको बताउँदै आइपुगेका थिए।

    एसएसबीका अजय कुमारले मन्दिर बनाउन खोजेको हो भनेर प्रश्न गरेका थिए। नेपाली युवाहरुले ग’लत कुरा हो, यो भ्रम हो भनेर एकै स्वरमा जवाफ दिएका थिए । उनीहरुले नेपाली भूमि मिचिएका खबरहरु आइरहेको बेलामा आफ्नो सीमाको अवस्था हेर्न आएको बताएका थिए। हाम्रो सिमाना कहाँ छ? हामीलाई थाहा हुनुपर्यो नि! नेपाली युवाहरूले जवाफमा भने। एसएसबीका ईन्सपेक्टर अजय कुमारले भने सीमास्तम्भ राखिएको डाँडामा चढेकोमा पनि असन्तुष्टि जनाए। कुन समुहबाट आएको हो, कुमारले भने, समुहको नेतृत्व कसले गरेको छ? युवाहरुले परिचय दिएपछि सीमा स्तम्भसँगै उभिएर नेपालको राष्ट्रगान गाएका थिए।

    त्यसपछि नेपाल आमाकी जय भन्दै उनीहहरूले नारा लगाए। युवाहरुका गतिविधिलाई अर्का एसएसबीका जवानले मोबाइलमा सुरुदेखि नै कैद गरिरहेका थिए। राष्ट्रगान र नारा लगाएर फर्किन लागेका युवाहरु भन्दा अघिअघि एउटै मोटरसाइकलमा बि’नाहेलमेट तीनजना दशगजा हुँदै अघि लागेका थिए। त्यसपछि उनीहरुले चोकमा पुगेर नारा लगाएकोमा असन्तोष जनाएको माकुरा नेपालका सल्लाहकार तिलक घलानले बताए। नारा किन लगाएको भनेर प्रश्न गर्दै नारा लगाउन नपाइने बताए, घलानले भने, हामीले आफ्नो राष्ट्रगान र नेपाल आमाकी जय किन भन्न पाउनुपर्छ।

    युवाको टोली सीमामा पुगेको केहl मिनेटमा नै भारतीय प्रहरी त्यहाँ पुगेर हदप्की गरेको स्था’नीयले बताए। युवाहरूको टोलीसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत पुगेका थिए। युवाहरु बाराको निजगढ–११ रतनपुरमा सञ्चालन भएको संस्था माकुरा नेपालको आह्वानमा बाराको उत्तरी सिमाना डम्बरपुरबाट लाल, बागदेव, निजगढ शहीदचोकबाट मुख्य राजमार्ग हुँदै पुलुवाबाट मानमत–मटिअर्वा हुलाकी सडक हुँदै करिब ५० किलो मिरटरको दुरी पार गरेर त्यहाँ पुगेका थिए। ३० भन्दा बढी मोटरसाइकलमा ६० जना भन्दा बढी राष्ट्रिय झण्डा र मोटरसाइकलमा विभिन्न नारा उल्लेख गरेर त्यहाँ पुगेका हुन्। र्यालीलाई विभिन्न ठाउँमा ‘जय नेपाल को नाराले स्वागत गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार