२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पनौतीमा रंगशाला निर्माणको लागि नगर प्रमुख न्यौपानेको सकृयता


३५९७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर ८, आईतबार मा प्रकाशित ४ साल अघि
  • काभ्रेपलाञ्चोक– पनौती नगरपालिकाका नगरप्रमुख भीम न्यौपानेले पनौती क्षत्रीय रंगशाला कुनैपनि हलतमा निर्माण पूरा गरेरै छाड्ने बताउनुभएको छ । आइतबार रंगशालाको स्थलगत निरीक्षण गर्दै निर्माण कम्पनी र प्राविधिकलाई गुरुयोजानाकै आधारमा रंगशालाको काम अघि बढाउन प्रमुख न्यौपानेले निर्देशन समेत दिनुभयो ।

    न्यौपाने नगरप्रमुखमा निर्वाचित भएसँगै निर्माण सुरु भएको रंगशालामा कवर्डहल, स्विमिङपुल लगायतका काम अन्तिम चरणमा पुगेका छन् । बेलाबेलामा निरीक्षणमा रंगशाला पुगिरहने न्यौपानेले काम दु्रतगतिमा अघि बढाउन निर्माण कम्पनी र प्राविधिकलाई निर्देशन दिएका छन् ।

    निरीक्षणका क्रममा नगरप्रमुख न्यौपानेले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेर रंगशाला अनिश्चित नहुने भन्दै कम्पाउण्ड वाल लगाई जग्गा सम्याउने कार्य पनि चाँडै अगाडी बढाउने बताउनुभयो ।

    रंगशालामा सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरिएको फेला परेपछि विवाद उत्पन्न हुँदै आएको छ । रंगशालाको लागि छुट्याइएको र विगतदेखि नै खेल मैदानको रुपमा प्रयोग हुँदै आएको जग्गामध्ये १७ रोपनी १४ आना दुई पैसा जग्गा व्यक्तिको नाममा गएको पाइएपछि निर्माणकार्य सुरु हुन सकेको थिएन । पनौती नगरपालिकाले बाँकी सार्वजनिक जग्गामा भौतीक संरचना निर्माणको कामलाई तीब्रता दिएको थियो । स्थानीयले २०३२ साल अघि सार्वजनिक रहेको जग्गा स्थानीय गणेशकुमारी कँडेल र नानीगीता कँडेलको नाममा जग्गा दर्ता गरिएको पाइएको हो । निर्माण कार्य रोक्न सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमा उनिहरुका परिवारले निवेदन दिएपछि रंगशाला निर्माण अलपत्र बनेका थियो ।

    पाँच हजार दर्शक अट्ने क्षमता रहने गरी निर्माण हुने भनिएको क्षेत्रीय रंगशालामा स्टेडियम, ग्राउन्ड, प्याराफिट, कम्पाउन्ड वाल, मुख्य द्वार, टिकट काउन्टर, प्रशासनिक भवन, स्विमिङ पुल, कभर्ड हललगायतका संरचना निर्माण भइरहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार