२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्रति रोपनी १ लाख उत्पादन हुने अलैंचिको विउ पनौतीमा वितरण


३८५८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर ८, आईतबार मा प्रकाशित ४ साल अघि
  • पनौती । नेपालमा नै पहिलोपटक पनौती नगरपालिकाले तोदे जातको अलैंची नर्सरी स्थापनाका लागि किसानलाई विऊ वितरण गरेको छ । भुटानबाट ल्याइएको १० किलोग्राम अलैँचीको विऊ नगरका ६ जना कृषकलाई वितरण गरिएको हो ।

    कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो भने उप प्रमुख गीता बञ्जाराको विशेष आतिथ्यता रहेको थियो । नगरस्तरीय कृषि समितिका संयोजक एवं वडा नम्वर १ का वडा अध्यक्ष गुणनाथ सापकोटाको सभापतित्व रहेको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद चापागाँई, कृषि तथा पशुपक्षीं शाखा प्रमुख मणीप्रसाद सापकोटा, वडा नम्वर २ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारी, अलैँची व्यवसायी महासंघ काभ्रेका अध्यक्ष राजकुमार सापकोटा, नेकपा प्रतिनिधि सन्त बहादुर तामाङ लगायत कृषकहरुको सहभागिता रहेको थियो ।

    अलैँचीको विऊ हस्तान्तरण कार्यक्रममा बोल्दै पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने सुरुमा उत्पादन हुने ५ लाख विरुवा विधि र मापदण्ड बनाएर नगरका किसानलाई वितरण गर्ने बताए । विऊ हस्तान्तरण सानो काम भएपनि साना साना कामबाट नै जनताको उपलब्धि हुने नगरपालिकाको अपेक्षा रहेको नगर प्रमुख न्यौपानेको भनाई छ ।

    कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद चापागाँइले नेपालमा पहिलोपटक काभ्रेमा तोदे जातको अलैँची खेती सुरु हुन लागेकाले नगरपालिकाले यसको ब्राण्ड बनाउनुपर्नेमा जोड दिए । सुरुमा नगरपालिकाका ३ वटा वडा वडा नम्वर १,२ र १२ मा विऊ वितरण गरिएको कृषि तथा पशुपक्षीं शाखा प्रमुख मणीप्रसाद सापकोटाले जानकारी दिए । उनीहरुले नर्सरी व्यवस्थापन गर्ने र त्याहाबाट उत्पादित विरुवा अन्य किसानलाई वितरण गर्ने योजना रहेको उनले बताए ।

    वडा नम्वर १ का वडा अध्यक्ष गुणनाथ सापकोटाले सरकारले किसानलाई हेर्ने नजरमा परिवर्तन ल्याउनुपर्ने बताए । नेपालमा किसानलाई तल्लो दर्जाको नागरिकको रुपमा हेर्ने गरिएको भन्दै कतिपय ठाउँमा किसान अपमानित समेत हुनुपरेको उनको भनाई छ । पछिल्लो समय किसान बिना देश बाँच्न सक्दैन भन्ने धारणाको विकास हुँदै गएको र पनौती नगरपालिकाले किसानलाई लगानी बढाएकोमा खुसी व्यक्त गरेका छन् । विज्ञको परामर्शपछि ल्याइएको तोदे जातको अलैँचीले पनौती नगरका किसानलाई ठुलो फाइदा पुग्ने उनको विश्वास छ । यो अलैँची अन्य अलैँची भन्दा २ सय रुपैयाँ प्रतिकेजी बढी मुल्यमा विक्रि हुनेगर्दछ । एक रोपनी क्षेत्रफलमा १ लाख बराबरको अलैँची उत्पादन हुने वडा अध्यक्ष सापकोटाले जानकारी दिए ।

    तोदे जातको अलैँचीको विऊ पनौती नगरपालिकाका उपेन्द्र तिमल्सिना, सोम प्रसाद हुमागाँई, लक्ष्मण दाहाल, लोक प्रसाद आचार्य, राजन बजगाँई र गोविन्द तिमल्सिनालाई दिइएको छ । उनीहरुले नर्सरी स्थापना गरी विरुवा उत्पादन गर्नेछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार