२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

कारागारबाट भागे ७ जना थुनुवा


२६५१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १५, आईतबार मा प्रकाशित ४ साल अघि
  • इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारी सिरहाबाट सात जना थुनुवा फरार भएका छन् ।

    इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा विभिन्न मुद्दामा थुनुवाका रुपमा रहेका ११ जना आज साँझ ६ः ३० बजेतिर फरार भएकोमा चार जनालाई तत्कालै प्रहरीले पक्राउ गर्न सफल भएको छ । अन्य सात जना अझै फरार रहेको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो ।

    फरार भएका थुनुवाहरुको खोजीका लागि सो क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ भने सीमाक्षेत्रको जाँचमा समेत कडाइ गरिएको प्रजिअ अधिकारीले बताउनुभयो ।

    इलाका प्रहरी कार्यालय लक्ष्मीपुरमा कार्यरत प्रहरीमध्ये अधिकांशले जिल्लाको कल्याणपुर नगरपालिका–१२ मा आज भएको उपनिर्वाचन र विवाहपञ्चमीका लागि जनकपुरमा खटिएकाले त्यहाँ थोरै सङ्ख्यामा प्रहरी रहेका थिए । सोही मौका छोपी थुनुवाहरु फरार भएको हुन सक्ने अनुमान प्रहरीको छ ।

    ठूलो सङ्ख्यामा एकै पटक थुनुवाहरु फरार भएकाले घटना बारे थप अनुसन्धान भइरहेको प्रजिअ अधिकारीको भनाइ छ । यता घटना बारे सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्बेदीसँग थप जानकारी लिन खोज्दा उहाँले कुरा गर्न चाहनुभएन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार