२०८१ माघ ७, सोमबार | Mon, 20, Jan, 2025

उम्मेदवार आफैले पनी आफुलाई मत दिएनन् को रहेछन् त त्यस्ता


३१८१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १५, आईतबार मा प्रकाशित ५ साल अघि
  • काठमाडौं । उपनिर्वाचनमा स्थानीय तह अन्तर्गत वडाध्यक्षमा शून्य (०) र १ मत ल्याउने उम्मेदवारको सख्या २२ रहेको छ । एक मत ल्याउनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का उम्मेदवार समेत रहेका छन् ।

    पाँचथरको फिदिम नगरपालिका–१ मा  राष्ट्रिय प्रजापन्त्र पार्टी (लोकतान्त्रिक) का उम्मेदवार जानुका थाम्सुवाङ र खोटाङको साकेला गाउँपालिका –३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार इन्द्रबहादुर खड्काले १ मत प्राप्त गरेका हुन् । एक मत प्राप्त गर्ने स्वतन्त्र उम्मेदवारको सख्या ५ छ ।

    सप्तरीको छिन्नामास्त गाउँपालिकाका स्वतन्त्र उम्मेदवार धीरेन्द्र कुमार यादव, महोत्तरीको वलवा नगरपालिका–२ मा स्वतन्त्र उम्मेदवार हेमन्त कुमार साह र गुल्मीको रुरु उँपालिका–६ मा स्वतन्त्र उम्मेदवार मन बहादुर पचभैयाले एक मतमात्र प्राप्त गरेका हुन् ।

    एक मत पनि नपाउनेमा कपिलवस्तुको शिवराज नगरपालिका –१० का राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका उम्मेदवार नूर मोहम्मद मनिहारसहित केही स्वतन्त्र उम्मेदवार रहेका छन् ।

    सिराहाको कल्याणपुर नगरपालिका–१२ मा स्वतन्त्र उम्मेदवार गौरीशंकर यादव, श्यामबाबु दास, सूर्य नारायण, हेबु मुखियाले आफूलाई समेत मत हालेको देखिएन ।यस्तै बारागढी गाउँपालिका– १ मा स्वतन्त्र उम्मेदवार नरेश पासवान, मोहत्तरीको वलवा नगरपालिका –२ मा स्वतन्त्र उम्मेदवार सुबोध साह, रौतहटको गढीमाई नगरपालिका –२ मा स्वतन्त्र उम्मेदवार नथुनी पासवान, बिनय साह तेली, सकुर मिया, हविब राय भाटले आफूलाई समेत भोट गरेको पाइएन ।

    यस्तै सर्लाहीको हरिपूर्वा नगरपालिका– १ का स्वतन्त्र उम्मेदवार मनोज कुमार यादव, मनोज कुमार राय, कपिलवस्तुको शिवराज नगरपालिका –१० का स्वतन्त्र उम्मेदवार मोहम्मद रफिक मनिहार, शिवनारायण कुर्मी, शिवभक्त ठाकुर र शिवलाल यादवले पनि आफूलाई समेत आफूलाई मत हालेको भेटिएन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु