२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

राजपाको पडक गाउंपालिकामा नेकपा विजयी


२५७० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १५, आईतबार मा प्रकाशित ४ साल अघि
  • महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा नेकपाका विक्रम चौधरी निर्वाचित भएका छन् । यसअघि राजपा उम्मेदवारले जितेको गाउँपालिकामा तत्कालिन प्रमुख प्रतिस्पर्धी चौधरीले बाजी मारेका हुन् ।

    आइतबार साँझ मतगणना सकिँदा ३ हजार २४९ मत प्राप्त गरी चौधरी निर्वाचित हुँदा निकटतम प्रतिद्धन्द्धी समाजवादी पार्टीका रामजानकी यादव ३ हजार ४१ मतमा रोकिए । यादव चुनावको मुखैमा टिकट नपाएपछि नेकपा छाडेर समाजवादी पार्टीमा प्रवेश गरेका थिए ।

    त्यस्तै राजपाकी रविताकुमारी चौधरीले २ हजार ९६६ मत प्राप्त गरेकी छन् भने कांग्रेसका बिजयकुमार यादवले १ हजार ९३५ मत प्राप्त गरे । सिके राउतको जनमत पार्टी प्रतिस्पर्धामा आउन सकेन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार