२०८१ मंसिर १८, मंगलबार | Tue, 03, Dec, 2024

कास्की २ मा विद्या निर्वाचित


३४१६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १५, आईतबार मा प्रकाशित ५ साल अघि
  • काठमाडौं । कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईले पूर्वाधार विकास र सामाजिक विकासका लागि काम गर्ने प्रतिवद्धता जनाएकी छन् ।

    शनिबार भएको उपनिर्वाचनको मतगणना आइतबार साँझ सकिएको छ, जसमा भट्टराई विजयी भएकी छन् । जितपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनलले भनिन्, यो जित कास्केली जनताको हो, रवीन्द्र अधिकारीप्रति सम्मान हो ।’

    कास्की २ बाट निर्वाचित अधिकारीको गत फागुनमा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । त्यसपछि रिक्त पदमा उनकी पत्नी भट्टराई विजयी भएकी हुन् । उनले भनिन्, ‘जनतासँग जसरी मत माग्न घरदैलो गएको थिएँ, आर्शिवाद पाएको थिएँ । अब फेरि जनतासामू जान्छु र आफ्नो प्रतिवद्धता व्यक्त गर्छु ।’

    पूर्वाधार विकास, सामाजिक विकासमा काम गर्ने आफ्नो प्रतिवद्धता भएको भन्दै उनले पोखरालाई पर्यटकीय राजधानी बनाउन भूमिका खेल्ने पनि बताएकी छिन् ।केही छिटफुट घटना बाहेक निर्वाचन शान्पिूर्ण रुपमा सम्पन्न भएको भन्दै उनले सबै दललाई धन्यवाद दिइन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार