२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेकपाको कील्ला तोडीदै धरान,काँगे्रसको उदय


२४५७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १६, सोमबार मा प्रकाशित ४ साल अघि
  • धरान। धरान उपमहानरपालिकामा नेपाली कांग्रेसले अगैता लिएको छ । २०४८ सालदेखि निरन्तर तत्कालीन एमालेले जित हासिल गर्दै आएको उक्त क्षेत्रमा यसपटक तत्कालीन एमाले र तत्कालीन माओवादी मिलेर बनेको नेकपाले पनि जित हासिल गर्न नसक्ने भएको छ ।

    काँग्रेसका उम्मेदवार तिलक राई विजयी हुने पक्का भएको हो । दुई हजार भन्दा बढी मतको अन्तरले अग्रता लिइरहेका बेलामा अन्तिम वडाका रुपमा वडा ७ को मतगणना भइरहेको छ । मत गन्न बाँकी भन्दा बढी मतले अग्रता लिएको अवस्थामा तिलक राई विजयी हुने पक्का भएको हो ।

    मत गणना अन्तिम चरणमा पुगेको अवस्थामा मतको अन्तिम घोषणा भने हुन बाँकी रहेको छ । धरानमा २०७४ को निर्वाचनमा एमालेका तारा सुब्बा विजयी भए पनि उनको निधन पछि उपनिर्वाचन भएको हो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार