२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

जीप दुर्घटनामा १४ को मृत्यु (नामावली सहित)


४१०३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १७, मंगलबार मा प्रकाशित ४ साल अघि
  • गुल्मी । गुल्मी र बाग्लुङको सिमाना भिङगिठेमा जीप दूर्घटनामा १४ जनाको मृत्यु भएको छ ।

    इस्मा गाउँपालिका वडा नम्बर–४ कल्याराबाट बाग्लुङको निसीखोला गाउँपालिका लागि छुटेको ग १ ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिकाको वडा नम्बर–७ भिङगिठेमा दूर्घटनामा परेको हो । घटनामा एक जना बच्चासहित १४ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । तीन जना गम्भीर घाइते छन् ।

    मृतकको नामावली

    मृत्यु हुनेमा गुल्मीको इस्मा गाउँपालिका–४ का ३० वर्षीय सुचना कार्की, जीप चालक रेश्म थापा, ४० वर्षीया बसुन्धरा कार्की, २३ वर्षीया माया थापा, ४० वर्षीया सीता कार्कीं, दुई वर्षीया अनुशा कार्की, ६५ वर्षीया झवी कार्की, ४० वर्षीय महेन्द्र कार्की, ४५ वर्षीया भूमी कार्की, २५ वर्षीया मिना बस्नेत, ६५ वर्षीय धन बहादुर कार्की, बाग्लुङको बडिगाड गाउँपालिका–५ का ५५ बर्षीया लक्ष्मी केसी, नवलपरासी बर्दघाट नगरपालिका–२ का ६० वर्षीया मुना कार्की, कञ्चनपुरका ५५ वर्षीया धनबहादुर कार्की छन् ।

    दूर्घटनामा घाइते हुनेमा नवलपरासी बर्दघाट नगरपालिका–२ का २२ वर्षीयका जीवन कार्की, इस्मा गाउँपालिका–४ का ४ वर्षीय हिमाल कार्की र सोही गाउँपालिका ४ बस्ने २३ वर्षीया मिना केसी छन् ।
    उनीहरुको अवस्था गम्भीर रहेको जनाइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार