२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

कृषकको लागी अनुदानमा ट्रयाक्टर, पाँचखालमा १३ लाख किलो चुन वितरण गर्छौ- खरेल


२५९६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १८, बुधबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल/कृषि नगरीको रुपमा परिचित पाँचखाल नगरमा यान्त्रीय तरिकाबाट खेती गराउने उद्देश्यका साथ कृषकहरुलाई हाते ट्रयाक्टर वितरण गरेको छ । विगत बर्षबाट वितरणको सुरुवात गरेको उक्त कार्यलाई यस बर्ष पनि निरन्तरता दिईएको छ ।

    पाँचखाल नगरपालिका वडा नं ६ ले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा ५० वटा ट्रयाक्टर वितरण गरेको छ । कृषकहरुले अनुदानमा पाएका उक्त ट्रयाक्टर २० हजार ५ सयमा कृषकले पाएका छन् । जसको कारण कृषकले समयमा सहज ढंगबाट खेती गर्ने अवसर मिलेको छ ।

    ट्रयाक्टर वितरण कार्यक्रमका प्रमुख अतिथि पाँचखाल नगरका मेयर महेश खरेलले पाँचखालमा रहेका कृषकहरुको भावनालाई मध्यनजर राख्दै पाँचखाल नगर अगाडी बढेको बताउनु भयो । उहाँले थप्नुभयो कृषि कर्मको लागि सवैभन्दा महत्वपुर्ण विबष माटो भएकोले पाँचखालमा माटो परिक्षण र माटो सुधारको लागि चुनको व्यवस्था गरेको बताउनु भयो । खरेलले भन्नुभयो “हाल १ लाख किलो चुन वितरण गर्दैर्छौ, त्यसले अपुग हुने देखेर १३ लाख किलो चुनको व्यवस्था गर्छौ”।

    कार्यक्रमका प्रमुख अतिथि खरेलले भन्नुभयो पाँचखालमा उत्पादन भएको तरकारी सेमी अग्र्यानिक सरह भएको प्रमाणित भएको छ, अव नगरले समय समयमा कृषि ज्ञानकेन्द्रसंग समन्वय गरेर तरकारीको परिक्षण गर्दै पाँचखालको लोगो टाँसेर तरकारी बजारमा लाने तयारी गरेका छौं । अव पाँचखाल कृषि नगरी मात्र नभएर पाँचखाललाई औध्योगिक कृषि नगरीमा परिचित गराउन नगरपालिका निरन्तर रुपमा अगाडी बढेको बताउनु भयो ।

    कार्यक्रमका सभापति एवं पाँचखाल नगर वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलालले आफु कृषकको हक हितको खातिर राजनीतिमा अगाडी बढेकोले कृषकको हितको लागि निरन्तर रुपमा लागि रहने बताउनु भयो । पाँचखाल नगरलाई कृषिको माध्यमबाट अन्तराष्ट्रिय रुपमा परिचित गराउन सके हाम्रा भावि पुस्ताले हाम्रो सम्झना गरी रहने भएकोले सम्पुर्ण कृषकहरुलाई कृषि पेसामा दत्त चित्त ढंगबाट अगाडी बढ्न अनुरोध गर्नुभयो । उहाँले थप्नुभयो कृषकको हितको लागि सुविधामा उपलब्ध गराएको ट्रयाक्टरको दुरुपयोग भएको पाईएमा कारवाही गर्ने चेतावनी दिदै हाल समेटीन नसकेका कृषकहरुलाई क्रमसंग उपलब्ध गराउंदै जाने बताउनु भयो ।

    प्राबिधिक राजेन्द्र तिमल्सिनाले स्वागत मन्तव्य राखी सुरु भएको उक्त कार्यक्रममा पाँचखाल नगरका प्रमुख प्रशासकिय अधिकृत लोकवहादुर भण्डारी, पाँचखाल कृषि शाखा प्रमुख ईश्वर अधिकारी लगायतले आ—आफ्नो धारणा राख्नु भएको थियो भने कार्यक्रम संञ्चालन वडा सचिव तारादेवि राउतले गर्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार