२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

छोराले बुवा आमा दुवैलाको हत्या


२८३४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २०, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • बुटवल । रुपन्देहीको ओमसतियामा छोराले आफ्नै आमाबुवाको हत्या गरेका छन् ।ओमसतिया गाउँपालिका-४ का गोरखबहादुरले घरमै बसिरहेका ७२ वर्षीय बुवा रामनारायण यादव र ७० वर्षीया आमा थगना यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    हतियार प्रहारबाट रामनारायणको घटनास्थलमै मृत्यु भएको हो भने गम्भीर घाइते थगनाको युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख, एसपी हेम थापाले बताए ।

    प्रारम्भिक अनुसन्धानमा उनको मानसिक सन्तुलन ठीक नभएको पाइएको प्रहरीले जनाएको छ । छोरा गोरखबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि थपअनुसन्धान भैरहेको प्रहरीले जनाएको छ

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार