२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालको सेजको काम छिटो सक्न ठेकदारलाई अर्थमन्त्रीको निर्देशन


४२६४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २१, शनिबार मा प्रकाशित ४ साल अघि
  • २१ मंसिर, काभ्रेपलाञ्चाेक- अर्थमन्त्री युवराज खतिवडाले काभ्रेको पाँचखालमा निर्माण भईरहेकाे विशेष आर्थिक क्षेत्र (सेज) काे अवलाेकन गर्नुभएकाे छ । शनिबार बिहान सेजकाे अवलाेकन गर्न आईपुग्नुभएका मन्त्री खतिवडाले निर्माणाधिन प्रशासनिक भवन, पर्खाल तथा जग्गा लगायतका विषयमा जानकारी लिनुभएकाे थियाे । अवलाेकनका क्रममा स्थानिय नेता तथा जनप्रतिनिधिसँग भन्नुभयाे – `चाँडाे निर्माण सकेर सञ्चालनमा ल्याउनु, आईटी पार्ककाे जस्ताे अवस्था नहाेस् । बजेटले काम राेकिँदैन ।´

    मन्त्री खतिवडाले भाैतिक संरचना निर्माणकाे जिम्मा पाएकाे कम्पनिलाई निर्देशन दिँदै भन्नुभयाे -`रकम निकासामा समस्या भए जानकारी गराउनु, राम्राेसँग काम गर्नु, चाँडै काम सक्नु ।´ मन्त्री खतिवडाले अरनिकाे राजमार्ग विस्तार र मदनभण्डारी विज्ञाप्रविधि विश्वविद्यालयकाे काम पनि चाँडै अघि बढ्ने बताउनुभयाे ।

    मन्त्री खतिवडासँगै नेकपाका नेता कञ्चन अधिकारी, राजकुमार श्रेष्ठ,वडा अध्यक्ष पुष्कर ढकाल, बिष्णु पाैडेल लगायतकाे उपस्थिति रहेकाे थियाे । करिब १६ कराेडकाे लागतमा सेजकाे पर्खाल र भवन बनिरहेकाे छ । पर्खालकाे काम सकिन लागेकाे छ भने भवनकाे मुख्य संरचनाकाे काम भईरहेकाे छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार