२०८० जेष्ठ २५, बिहिबार | Thu, 08, Jun, 2023

पत्रकारलाई यातना दिन एसपीको तयारी


१२११ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २१, शनिबार मा प्रकाशित ३ साल अघि
  • नेपाल पत्रकार महासंघ कास्की शाखाका सदस्य तथा न्यूज २४ टेलिभिजनका पोखरा सम्वाददाता राजेन्द्रप्रसाद अधिकारीलाई समाचार लेखेको विषयमा कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले मानसिक तथा शारीरिक यातना दिने अभिप्रायले सादा पोशाकका प्रहरी खटाइ निगरानी गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

    पोखराको विभिन्न ठाउँमा प्रहरीले चलाएर्को जुवा अप्रेसन’ का विषय न्यूज २४ टेलिभिजनमा समाचार प्रसारण गरेको भन्दै प्रहरी प्रमुख एसपी कार्कीले पत्रकार अधिकारीको घर तथा कार्यालयमा सादा पोशाकका प्रहरी खटाएर मानसिक तथा शारीरिक यातना दिनुका साथै पत्रकार अधिकारीलाई पोखराबाट विस्थापित हुन बाध्य बनाएका छन् ।

    समाचारप्रति गुनासो एवं चित्त नबुझे त्यसको कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति हुँदाहुँदै प्रहरीको जिम्मेवार अधिकारीबाट कुनै पनि बहानामा पत्रकारलाई मानसिक तथा शारीरिक यातना दिने र विस्थापित हुन बाध्य पार्नु आफैंमा निन्दनीय हुनुका साथै संविधानविपरीतको कार्य हुने महासंघको ठहर छ । महासंघ प्रहरीबाट भएको यस्तो कार्यको भत्र्सना गर्दै प्रेस स्वतन्त्रताको सम्मान गरी पत्रकारलाई स्वतन्त्र, निर्वाध र सुरक्षितरुपमा काम गर्ने वातावरण निमार्ण गर्न सम्बन्धित निकायसँग माग गदर्छ

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु