२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

प्रधानमन्त्रीको गृहनगरमा  सरकारी जग्गा हत्याउँदै नेकपा नेता


२२७८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २२, आईतबार मा प्रकाशित ४ साल अघि
  • प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरसमेत रहेको झापाको दमक नगरपालिका–८ बालुवाटारस्थित करोडौं मूल्यको सरकारी जमिन सत्तारुढ नेकपाकै एक नेताले कब्जा गर्ने प्रयास गरेका छन् ।

    नेकपा नेता गगन पुरीले सरकारी जग्गा व्यक्तिको नाममा सार्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नेता पुरीले मालपोत र नापीका कर्मचारीसँग मिलेर सरकारी जमिन व्यक्तिको नाममा पार्ने प्रयास गरेको खुलेको छ ।
    पुरीले ११ बिघा सरकारी जमिनलाई मोरङको पथरीशनिश्चरे नगरपालिकाका एक सामान्य व्यक्तिको नाममा पास गराएर हत्याउन खोजेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
    जमिन मोरङ पथरीका ओमप्रकाश पौडेलको नाममा पास गरिदिन लागेको बुझिएको छ । यो समाचार आजको कारोबार दैनिकमा मनिषा चम्लागाइँले लेखेका छन् ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार