२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेकपाको सचिवालय बैंठकको निर्णयहरु


२६६३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २३, सोमबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — उपचुनावको समीक्षा र संगठनात्मक कार्ययोजनासम्बन्धी विषयमा छलफल गर्न नेकपाको सचिवालय बैठक सुरु भएको छ ।

    पार्टी मुख्यालय धुम्बाराहीमा बसिरहेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले ६ महिने जनपरिचालन अभियान सम्बन्धी कार्ययोजना, संगठन विभाग प्रमुख वामदेव गौतमले संगठनात्मक कार्ययोजना र स्कूल विभाग प्रमुख ईश्वर पोखरेलले पार्टी नेता–कार्यकर्ताका लागि चार तहको प्रशिक्षण सञ्चालन गर्ने तात्कालीक कार्ययोजना पेश गर्ने सचिवालय स्रोतले बतायो ।

    दाहालले प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुसँग परामर्श गरेर कार्ययोजनासम्बन्धी प्रस्ताव बनाएको स्रोतको भनाई छ। दाहालले ल्याउन थालेको जनपरिचालनसहितका कार्ययोजनामा पार्टी एकताको बाँकी काम सम्पन्न गर्ने विषय पनि समेटिएको छ।

    लामोसमयदेखि पार्टी कमिटिले काम नपाएको र कार्यकर्ता बेरोजगार भएको गुनासो उठिरहेका बेला दाहालले ६ महिने कार्ययोजना ल्याएर पार्टी संगठनलाई क्रियाशील बनाउन खोजेका छन्। स्रोतका अनुसार बैठकमा संगठन विभाग प्रमुख गौतमले साबिक एमालेका ५ लाख तथा माओवादी केन्द्रका ३ लाखसहित करिब ८ लाख सदस्यहरूको एकीकरण प्रस्ताव लैजाने सम्भावना छ।

    दुवै पार्टीका संगठित सदस्यहरूको अभिलेखका आधारमा नेकपाको नयाँ सदस्यतामा रूपान्तरण गरी वितरण गर्ने कार्ययोजनामा उल्लेख छ। गौतमको प्रस्तावमा पार्टी कमिटिमा बस्ने सदस्यले स्कूल विभागले लिएको परीक्षा दिनुपर्ने प्रस्ताव पनि छ। बैठकमा स्कूल विभागको प्रस्ताव पेश हुँदैछ। विभागका उपप्रमुख बेदुराम भुसालले आइतवार बसेको नेकपाको स्कूल विभागले प्राथमिक, माध्यमिक, उच्च र विशिष्ट तहको स्कुल चलाउने कार्ययोजना र विभागलाई पूर्णता दिने प्रस्ताव पारित गरेको जानकारी दिए। सो प्रस्ताव जारी सचिवालय बैठकमा पेश गर्ने तयारी छ। विभागले चारवटै तहको पाठ्यक्रम तयारीसमेत गरेको छ। यद्दपी, विभागले यसअघि केही जिल्लामा प्रशिक्षण चलाईसकेको छ। बैठकमा उपचुनाव भएका क्षेत्रका पार्टी कमिटिले पठाएको प्रतिवेदनका आधारमा समीक्षा हुनेछ।

    १८ मंसिरमा बसेको सचिवालय बैठकले तीन दिनभित्र प्रतिवेदन पठाउन निर्देशन दिएको थियो। बैठकमा स्थायी कमिटि र केन्द्रिय कमिटि बैठक बोलाउने विषयमा पनि छलफल हुनेछ। नेकपाको एक बर्ष देखि स्थायी कमिटि बैठक बस्न सकेको छैन भने १८ महिनादेखि केन्द्रिय कमिटि बैठक बसेको छैन्। ४ मंसिरमा बसेको नेकपाको सचिवालय बैठकले पाँच बर्ष ओलीले सरकार र दाहालले कार्यकारी अध्यक्षको भूमिका निभाउने सहमति भएको थियो। यो निर्णयसँगै दाहालले मंसिर १८ गते पहिलोपटक सचिवालयको बैठक बोलाएका थिए। अहिले बसिरहेको दोस्रो बैठक हो।

    आइतबार दाहालले प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष ओलीसँग करिव २ घण्टालामो कुराकानी गरेका थिए। त्यसबाहेक सचिवालयका अन्य नेताहरुसँग पनि छलफल गरेका थिए। जारी बैठकमा प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओली सहभागि छैनन्। एपेन्डिसाइटिसको शल्यक्रिया गरेर दश दिन अस्पताल बसेर फर्केका ओलीले बालुवाटार सरकारी निवासमा आराम गरिरेका छन्। उनले सोबारलाई बालुवाटारमै मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार