२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सागका विजेतालाई सरकारले नगद सहित सम्मान गर्ने


२५५१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २३, सोमबार मा प्रकाशित ४ साल अघि
  • हेटौंडा । प्रदेश ३ सरकारले १३औं दक्षिण एशीयाली खेलकुद (साग) पदक जित्ने प्रदेशभित्रका खेलाडीहरुलाई नगद पुरस्कार दिने भएको छ ।

    मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सागका स्वर्ण पदक विजेतालाई १ लाख, रजत विजेतालाई ५० हजार र कास्य विजेतालाई २५ हजार नगद सहित सम्मान गर्ने निर्णय गरेको हो । प्रदेश सरकारले दिने नगद पुरस्कार पदक विजेता प्रदेश ३ का खेलाडीहरुले मात्र पाउने सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङगेलले जानकारी दिए ।

    बैठकले प्रदेश अनुसन्धान ब्यूरो गठनका लागि सैद्धान्तिक सहमति दिएको छ भने जनता आवास कार्यक्रम कार्यान्वयन पहिलो संशोधन कार्यविधि, मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम संचालन कार्यविधि स्वीकृत गरेको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार