२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

वडा अध्यक्षले बिष सेवन


२७७५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २३, सोमबार मा प्रकाशित ४ साल अघि
  • विराटनगर । विराटनगर महानगरपालिकाको एक वडा अध्यक्षले आत्महत्या प्रयास गरेका छन् । विराटनगर महानगरपालिका ६ नम्बर वडा अध्यक्ष बिजय कामतले बिष सेवन गरी आत्महत्या प्रयास गरेका हुन् ।

    आइतबार साँझ विष सेवन गरेका कामतको विराट नर्सिङहोममा उपचार भइरहेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।

    अस्पताल स्रोतका अनुसार कामतको अवस्था गम्भीर छ । उनको आईसीयूमा राखेर उपचार भइरहेको छ । कामतले किरा मार्ने औषधि सेवन गरेको बताइएको छ ।

    कामत तत्कालिन माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

    जनप्रतिनिधिले आत्महत्या प्रयास गरेको सूचना प्रहरीमा पनि पुगेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार वडा अध्यक्षले आत्महत्या प्रयास गरेको मौखिक जानकारी पाएको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार