२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

दिल्लीले माधव नेपाललाई वास्ता नगर्दा रोकियो भ्रमण


२०८५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २४, मंगलबार मा प्रकाशित ४ साल अघि
  • २४ मंंसिर, काठमाडौं । चार वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा काठमाडौं आएका तत्कालीन विदेश सचिव एस जयशंकर नेपालका नेताबाट ‘अस्वीकृत भएर’ फर्किएको बदला भारतले लिन खोजेको हो ? यो प्रश्न अलि बढी नै शंकालु र अतिवादी कोणबाट उठेको लाग्न सक्छ ।

    तिनै जयशंकर अहिले भारतको शक्तिशाली विदेशमन्त्री भएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष दूतका रुपमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल दिल्ली जान खोज्दा ‘अस्वीकृत’ हुनु संयोग मात्र नहुन सक्छ । तर, भारतले सीमा समस्याका सन्दर्भमा नेपालले विशेष दूत पठाउन खोज्दा चासो नदिएको भने सत्य हो ।

    के हो माधव नेपाल प्रकरण ?

    सर्वदलीय बैठकबाट भारतीय नक्सापछि उत्पन्न बिरोधका बीच प्रधानमन्त्री ओलीले दोस्रो च्यानलको कुटनीति प्रयोग गर्न खोजेको बताइन्छ । पार्टीभित्र ओलीबाट पेलिएको महसुस गरेका नेपाललाई प्रधानमन्त्रीले कात्तिक मसान्ततिर निवासमै बोलाएर लिपुलेक प्रकरणमा आवश्यक परेमा मोदीसँग कुरा गर्ने गरी भारत जानुपर्ने हुनसक्छ भनेका थिए ।

    नेता नेपालले पनि आवश्यक परे आफू तयार रहेको भन्दै आवश्यक कागजपत्र पनि संकलन गरेका थिए । उनले यसबारेमा विज्ञहरुसँग परामर्श पनि गरे । तर, भारतीय पक्ष विशेष दूतप्रति सकारात्मक नभएको जानकारीपछि यो विषय अघि बढेन । भारतले चासो नदिएपछि यो प्रकरण यहीँ रोकिएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार